‘तथ्यहीन समाचार प्रकाशन गरि बदनाम गर्न खोजियाे’- अध्यक्ष अधिकारी

आदर्श अनलाइन, बागलुङ
बडिगाड अनलाइनले तथ्यहीन समाचार सम्प्रेषण गरि सिंगो पालिकाको बदनाम गर्न खोजेको भन्दै बागलुङको बडिगाड गाउँपालिकाले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ । पौष १९ गते अनलाइनले ‘विद्यार्थीको स्वास्थ्यमाथि बडिगाड गाउँपालिकाको गम्भीर लापरबाही, म्याद गुज्रेको सात महिनापछि औषधि वितरण’ शिर्षकको समचार प्रकाशन गरेको थियो ।

उक्त समाचारमा आधारहिनी र नागरिकलाई भ्रममा पार्नका लागि बनाइएको गाउँपालिकाले जनाएको छ । प्रकाशित समाचारमा सत्यता नभएको र पालिकाबाट उक्त औषधी वितरण गर्ने समय नै यो नरहेको भन्दै गाउँपालिकाले भ्रममा नपर्न अनुरोध गरेको हो ।

गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा बडिगाड गाउँपालिका अन्तर्गतका कुनै पनि स्वास्थ्य संस्थाबाट समाचारमा भनिए बमोजिम एक साता अगाडि कुनै आइरन तथा फोलिक एसिड वितरण नभएको र सिंगो संस्थालाई बदनाम गर्ने र जनतालाई भ्रम सिर्जना गर्नका लागि यस्तो समाचार प्रकाशन गरेको भन्दै खेद प्रकट गरिएको छ ।

‘अहिले आइरन तथा फोलिक एसिड खुवाउने चरणको महिना पनि होईन समाचारमा मसिंरको अन्तिम साता विद्यालयमा औषधी वितरण गरेको भनिएको छ तर पालिकाले उक्त समयमा कुनै पनि औषधि विद्यालयमा वितरण गरेको छैन’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा साउन, भदौ र असोज महिनामा आइरन तथा फोलिक एसिड सबै किशोरीहरुलाई खुवाईसकेको समेत प्रष्ट पारेको छ । प्रमाणविहिन र अपुष्ट एवम् तथ्यहीन समाचार प्रकाशन प्रशारण गर्ने मिडिया र कतिपय सामाजिक सञ्जालमा जनप्रतिनिधि र कर्मचारीको व्यक्तिगत चरित्र हत्या हुने गरी अपमानजनक अभिव्यक्ति उल्लेख गरिएको भन्दै गाउँपालिकाले त्यस्ता गलत हर्कत विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कानुनी कारबाही अगाडी बढाउनेसमेत चेतावनी दिएको छ ।

विज्ञप्ती हेर्नुहाेस्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *