काठेखोला सामाजिक उद्ममी महिला सहकारीको १२ औ साधारण सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर ३ गहते स्थित काठेखोला सामाजिक उद्ममी महिला सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभाले सरिता अधिकारी पन्तको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।समितिको उपाध्यक्षमा सीता शर्मा, सचिवमा मन्जु शर्मा र कोषाध्यक्षमा तारा खड्का रहनुभएको छ ।

कार्यक्रमको उद्घाटन काठेखोला सामाजिक उद्ममी महिला सहकारी संस्था लिमिटेडका जेष्ठ सदस्य टुका कुमारी पन्तले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागिले सहकारी शिक्षामा जोड दिदैँ सहकारीले व्यवसायिक र व्यक्तिगत दक्षता र वित्तीय अनुशासनलाई अघि बढाउन विशेष जोड दिएको बताएका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा सदस्य नगेन्द्र बहादुर सुवेदी, आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सञ्चालक अम्विका जि.सी, नागनगिनी टोलका अध्यक्ष लाल बहादुर सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम काठेखोला सामाजिक उद्ममी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष सिता सुवेदीको अध्यक्षता, उपाध्यक्ष सिता गौतमको स्वागत, सचिव सरिता अधिकारी पन्तको संचालन सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *