सिम्रिक सहकारीको नवौँ साधारण सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्थाका संस्थापक अध्यक्ष मनिभद्र शर्माले सदस्य केन्द्रित सहकारी संस्थाहरुमा समस्या नरहेको बताउनु भएको छ । संस्थाको नवौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै शर्माले पछिल्लो खस्कदो सहकारी संस्थाको साख जोगाउन नीतिसंगत चलेका सहकारीमा समस्या छैन भन्ने विश्वास सदस्यहरुमा जगाउन जरुरी रहेको बताउनु भएको हो ।

उहाँले हरेक विषयगत सहकारीले विषय केन्द्रित भएर काम गर्नुपर्ने भन्दै सिम्रिक सहकारीले पनि कृषि र पशुपालनका क्षेत्रमा कृषकसँग तय गरेका कार्यक्रमहरु अभियानकै रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो । उहाँले विचौलियाको अन्त्य गर्दै कृषकका उत्पादनलाई प्रत्यक्ष उपभोत्तासम्म पुर्याउन कृषि सहकारीले पहलकदमी गर्नुपर्ने बताउनु भयो ।

साधारण सभामा संस्थाका महादेव सापकोटा, डिल बहादुर कार्की, कानुनी सल्लाहकार डा. डिल्लीराज गौतम, जिल्ला कउषि सहकारी संघ बागलुङका अध्यक्ष तथा संविधान सभा सदस्य नरबहादुर थापा, जिल्ला सहकारी संघ बागलुङका सदस्य युक्तजंग राजभण्डारी, विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतम, पत्रकार महासंघ बागलुङका सह–सचिव सिर्जना पन्त र शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका सचिव होमनाथ गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभाले चिव रमेश पौडेलले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा प्रस्तावित नीति कार्यक्रम, कोषाध्यक्ष जगन्नाथ सापकोटाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

संस्थाका सचिव रमेश पौडेलले स्थानीय तहसँग समन्वय गर्दै ‘एक घर एक उत्पादन’ कार्यक्रमलाई अगाडी बढाउने गरि योजना गरिएको बताउनु भयो । उहाँले आर्थिक वर्ष ०७९÷०८० मा विभिन्न विउ विजन र मलको सुपथ मुल्य पसल सञ्चालन गरि विक्रि वितरण गरेको, २ सय ४३ जना सदस्यलाई सहकारी शिक्षा तालीम प्रदान गरेको, सदस्यलाई २ सय कागती र २ सय सुन्तलाका विरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिनुका साथै ५० प्रतिशत अनुदानमा १० वटा मिनि टेलर हलो वितरण गरेको जानकारी गराउनु भएको थियो ।

सहकारीले बागलुङ नगरपालिका ४ कुँडुलेमा ५ रोजनी जग्गा भाडामा लिएर बेसार खेती समेत गर्दै आएको छ । संस्थाले यस वर्ष ६ लाख ४० हजार ९ सय ४४ रुपैयाँ नाफा गरेको भन्दै संस्थाका कोषाध्यक्ष जगन्नाथ सापकोटाले ७ लाख ८ हजार ४ सय २४ जोखिम कोष, ११ लाख २१ हजार ८ सय ७८ रुपैयाँको जगेडा कोष र १ करोड ३६ लाख २१ हजार रुपैयाँ शेयर पूँजी रहेको बताउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *