भिमसेन मा.विका चार सय बढि विद्यार्थीलाई एक दिने आँखा शिविर

रोहन जि.सी, बागलुङ

काठेखोला गाँउपालिका वडा नम्बर ५ बिहुँ स्थित भिमसेन माध्यमिक विद्यालय बागलुङको विद्यार्थीका लागि एक दिने आँखा दृष्टि परिक्षण शिविर सम्पन्न भएको छ ।

बागलुङ जेसीज र भिमसेन माध्यमिक विद्यालय बागलुङको आयोजना, सफल चश्मा तथा आँखा क्लिनिकको प्राविधिक सहयोगमा आइतबार एक दिने आँखा दुष्टि परिक्षण शिविर सम्पन्न भएको हो ।

दुबै आँखाको उपचारपछि विद्यार्थीहरुलाई खर्च र समयको बचत गर्न र विद्यार्थीहरुका लागि आयोजित सामाजिक कार्यक्रमबाट अन्य विद्यालयहरुलाई एउटा सकारात्मक सन्देश दिनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको बागलुङ जेसीजका निर्देशक स्विकृति भारीले जानकारी दिनुभयो ।

उक्त शिविरमा भिमसेन माध्यमिक विद्यालयका कक्षा १ देखि १२ कक्षा सम्मका विद्यार्थी एंव शिक्षक कर्मचारी गरी ५०० जनाको आँखा परीक्षण गरिएको भिमसेन माध्यमिक विद्यालयका शिक्षक आनन्द प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

शिविरको क्रममा ५ जनाले चश्मा लगाउन पर्ने, १ जनाको नानीमा दाग देखिएको नेत्र सहायक समेत रहनुभएका बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले जानकारी दिनुभयो ।

शिविर बागलुङ जेसीजका अध्यक्ष गणेश महतो, उपाध्यक्ष सन्दिप तिमिल्सिना, उपाध्यक्ष रोहन जि.सी, निर्देशक स्विकृति भारी, सह-कोषाध्यक्ष प्रवेश शर्मा, प्रविधि संयोजक सौरभ खत्री, कोष वृद्वि संयोजक दिपेश जि.सी, सदस्य भिजन शर्मा लगायतको सहभागितामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *