नेकपा एमालेको विज्ञप्ति, बडिगाड गाउँपालिका तत्काल नसुध्रिए संघर्षका कार्यक्रम गर्ने

रोहन जि.सी, बागलुङ

नेकपा एमाले बडिगाड गाउँ कमिटिले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै बडिगाड गाउँपालिकाले स्वास्थ्य शिक्षा क्षेत्रमा गम्भिर लापर्वाहि गरेको भन्दै तत्काल सुध्रिन आग्रह गरेको छ।

नेकपा एमाले बडिगाड गाउँकमिटि अध्यक्ष कमलराज आचार्यद्धारा जारी विज्ञप्तीमा बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखामार्फत विद्यालयमा वितरण गर्ने आइरन चक्की (फोलिक एसिड) तथा अन्य औषधि र सेनेटरी प्याडको सन्दर्भमा विभिन्न मिडियामा आएका समाचार र गाउँपालिकाको गैरजिम्मेवार जवाफको कारण गाउँपालिकाकै वदनाम भएको भन्दै तत्काल सच्याउन आग्रह गरेको छ।

एमालेले म्याद सकिएको औषधि वितरण गरेको सार्वजनिक रुपमा पुष्टि हुँदापनि पालिकाले आवश्यक कुनै कार्वाहि अगाडि नवढाएको भन्दै सम्वद्ध व्यक्तिहरुबाटै गैरजिम्मेवार जवाफ आउनु आफैमा दुखद् भनेको छ।

पालिका भित्रकै जिम्मेवार व्यक्ति स्वास्थ्य जस्तो गम्भिरविषयमा सामाजिक सञ्जालमा क्रिया प्रतिक्रियामा उत्रनु लज्जाजनक भन्दै एमालेले विभिन्न प्रक्रियाको बाहानामा छात्राहरुले सेनेटरी प्याड नपाउनु अन्यायमात्रै नभएर स्वास्थ्य अधिकारकै हनन भएको ठहर गरेको छ। एमालेले पालिका भित्रका घटनाक्रमलाई गम्भिरतापूर्वक हेरेको भन्दै लापर्वाहि अन्त्य गर्दै जनपक्षिय काम नगरे थप संघर्षका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ।

विज्ञप्ती मार्फत नेकपा एमाले बडिगाड गाउँ कमिटिले बडिगाड गाउँपालिकाबाट निरन्तर भैरहेका गैरजिम्मेवार रवैयालाई गाउँपालिकाले तत्काल छानविन गरि दोषि उपर कार्वाहि गर्न र स्वास्थ्य तथा शिक्षा जस्ता विषयमा निरन्तर भैरहेका लापर्वाही अन्त्य गर्न ध्यानाकर्षण गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *