धारा जोडेका सबैलाई मताधिकारको व्यवस्था मिलाउछु : उम्मेदवार रानामगर


आदर्श अनलाइन, बागलुङ

पुस २८ गते हुँन गइरहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्त समितिको निर्वाचनका उम्मेदवार केबी राना मगरले धारा जोडेका सबैलाई मताधिकारका लागि आफूले काम गर्ने बताउनुभएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै समाजेवी तथा नगर खानेपानीका पूर्व अध्यक्ष समेत रहनुभएका राना मगरले चार हजार भन्दा बढी खानेपानीका उपभोक्ता रहेको खानेपानीमा १९२ जना साधारण सदस्य तथा एक हजार ३३६ जना आजिवन सदस्य रहेको भन्दै आफ्नो समूह निर्वाचित भएमा सबैलाई मतदान गर्ने व्यवस्था मिलाउने बताउनुभयो ।

२०६४ सालमा स्थापना भएको नगरखानेपानी संस्थामा त्यही समयमै एक हजार ५०० उपभोक्ता रहेका थिए । तर अहिले बजार विस्तार तिब्र गतिमा भइरहेको र चार हजार भन्दा बढी उपभोक्ता रहेपनि आजिवन र साधारण सदस्यता लिएकाले मात्रै मतदात गर्न पाउने व्यवस्थालाई आफूले चिर्ने बताउनुभयो ।

“धारा जोडेर महशुल तिरेका सबैले मतदान दिन पाउने व्यवस्था मैले मिलाउछु हाम्रो समूहलाई एक पटक अवसर दिन आग्रह गर्नु” अध्यक्षका उम्मेदवार राना मगरले भन्नुभयो “खानेपानीको सुद्धता हाम्रो पहिलो प्रतिबद्धता हो, शुद्ध खानेपानी खुवाउन हाम्रो टिम लागी पर्नेछ ।”

राना मगरले पत्रकार सम्मेलन मार्फत दक्ष प्राविधिक नियुक्त गरेर खानेपानीको समस्या समाधान तर्फ लैजाने बताउदै आफू अध्यक्ष हुँदा १४ लाख संस्थामा रहेकोमा कार्यकाल सकिदा चार करोड पु¥याएर छोडेको बताउनुभयो ।

रानामगरको समूहका उपाध्यक्ष पदका उम्मेदवार रतन प्रसाद मलेपतीले आफूलाई उम्मेदवार हुँन नेकपा माओवादी केन्द्रले बन्चित गरेकाले राना मगरको समूहमा लागेको बताउनुभयो । उहाँले खानेपानीमा रहेर काम गर्न एक पटक अवसर दिन आम उपभोक्तालाई आग्रह गर्नुभयो । यस्तै सचिव पदका उम्मेदवार जीवन आचार्यले खानेपानी संस्थालाई पारदर्शी, जवाफदेही बनाउदै नागरिकलाई शुद्ध पिउने पानी खुवाउने काममा लागने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

रानामगरको समूहमा कोषाध्यक्षमा कृष्ण शर्मा, सदस्यमा कुलराज शर्मा, बिर बहादुर थापा, कालिका सापकोटा, मन्जु माया क्षेत्री र हुमादेवी खड्का चुनावी मैदानमा हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *