जथाभावी रङ नखेलौ, रंग गरौ

सम्पादकीय
आज फागु पूर्णिमा अर्थात होली पर्व । पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाउने प्रचलन । तर, वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बाँड्न परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने होली यस बर्ष कोरोना भाइरसका कारण पहिलेको जस्तो उत्साह र रौनकता नहुने भएका छ । जसका लागि सरकार र स्थानीय प्रशासनहरुले समेत कोरोनाको विश्वव्यापी जोखिम र संवेदनशिलतालाई ध्यानमा राखेर फागु पूर्णिमा अर्थात होलीमा रंग नखेल्न सार्वजनिक रुपमा समेत अपिल गरेको छ । कोरोना भाइरसको पूर्ववत सजगताका लागि अहिले चालिएको पहल र कदमलाई स्वभाविक रुपमा लिनु पनि पर्दछ ।

होलीको दिन रंग खेल्दा या हेर्दा पनि त्यसको छुट्टै रौनक हुन्थ्यो । नेपाली समाजको बिबिधता सहितको सँस्कृतिको पृथक सन्देश पनि हुन्थ्यो । केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने फागु पर्व पछिल्ला बर्षहरुमा भने सभ्य बन्न थालेको थियो । जिल्ला र बजारहरुमा पनि सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरित रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको थियो । फागु पर्व नेपाल र भारत लगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ । अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक भेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ । तर, यस बर्ष विश्वका कुनै पनि देशमा होलीको रंग, तरंग र उत्साह छैन । कारण विश्वभर कोरोना आतंक छ ।

होलीमा रंग खेल्दा स्वभाविक हो भिडभाड, भेला हुन्छ । एक आपसमा रंग आदान प्रदान हुन्छ । होलीमा भीडभाड, भेला जम्मा हुने, लोलापानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने कार्य पनि जोखिमपूर्ण हुन्छ । यस्तो कार्य कोरोना भाइरस सर्नका लागि उपर्युक्त अवसर र माध्यम बन्ने गर्दछ । यसकारण यस्ता कार्यले सम्भावित संक्रमणको जोखिमलाई बढाउन सक्ने भएकाले विगतका वर्षहरुमा जस्तो होली कार्यक्रम नगर्न सरकारले अनुरोध गरेको हो । यही कुरालाई मनन गरेर बागलुङ बजारमा नेवारी समुदायले मनाउने परम्परागत फागु होस् या हल्लनचोकमा गर्ने होली कन्सर्ट होस् या गलकोटको मल्मा घुम्टे युवा परिवारले गर्ने बृहत ऐतिहासिक होली मेला होस् । सबै मेला कार्यक्रम स्थगित गरिएको छ । स्वास्थ्य रहे, स्वश्थ रहे आगामी बर्षहरुमा फागु खेल्ने अवसर हुनेनै छ । यसर्थ पूर्ववत सजगता र संवेदनशिलताका हिसावले हामीले यस बर्षको होलीमा रंग नखेलौ । आ–आफ्नै हिसावले भीडभाड नगरी रंग गरौं ।

यो पनि पढ्नुहोस्

जथाभावी रङ नखेलौ, रंग गरौ

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *