ढोरपाटन जीप दुर्घटना : तीन घाइतेलाई हेलिकप्टरद्वारा पोखरा पठाइयो


आदर्श अनलाइन, बागलुङ
बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भिर घाइते भएका तीन जनालाइै हेलिकप्टर मार्फत पोखरा पठाइएको छ ।
बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएपछि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भजे ९ जना घाइते भएका छन् ।

घाइते नौ जना मध्ये लक्ष्मी गैरै, जोकनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि हेलिकप्टर मार्फत उद्दार गरी पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्हरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरिक्षक दिपक बाबु केसीले जानकारी दिनुभयो ।

अन्य छ जना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो ।

जीपकोे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *