पर्यटक आकर्षणका लागि सिद्धाथान–टापुधारा पदमार्ग निर्माण

डम्मर बुढा मगर, बागलुङ
गलकोट नगरपालिका–१० पाण्डवखानीमा पर्यटन प्रवद्र्धनका लागि पर्यटन पदमार्ग निर्माण गरिएको छ । पर्यटकीय क्षेत्र सिद्धाथानमा पर्यटक आकर्षण गर्न र यात्रालाई सहज बनाउन पदमार्ग गरिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख रुपयौँबाट गाउँमा पदमार्ग निर्माण गरेको सिद्धाथान–टापुधारा पदमार्ग निर्माण समितिकी अध्यक्ष बेलकुमारी पुनले जानकारी दिनुभयो । भौगोलिक विकटताका कारण सिद्धथान र पाण्डवखानी गाउँ पर्यटनका हिसाबले निकै संभावना बोके पनि अहिलेसम्म पर्यटकलाई आकर्षण गर्न नसेको भन्दै यस वर्ष प्रदेश सरकारले बजेट व्यवस्थापन गरेपछि काम गरेको उहाँको भनाइ छ ।

यसभन्दा पहिला साँघुरो गोरेटोबाटोमा स्थानीय यात्रा गर्ने गरेको र संसानघाट पनि सिद्धाथानको शिरमा भएको हुँदा समस्या खेप्दै आएकोमा अब सहज हुने अध्यक्ष पुनले बताउनुभयो । सिद्धथानदेखि टापुधारासम्म ७०० मिटर पक्की पदमार्ग निर्माण गरेको उहाँको भनाइ छ । सिद्धथानमा सामुदायिक घरबासहरुसमेत रहेको हुँदा आगन्तुकलाई बढी सहज हुने उहाँ बताउनुहुन्छ । मंसिरको पहिलो हप्तादेखि सुरु गरि पौष दास्रो साता सकिएको उहाँको भनाइ छ ।

“यो पदमार्ग खासगरी पर्यटन भित्राउनका लागि हो, स्थानीयलाई मसानघाटसम्म जान तथा वन जंगल गर्न पनि अब सहज हुने छ, पहिले गाउँमा आउने पाहुनाहरु अप्ठ्यारो बाटोमा हिड्नु पथ्र्यो, गाउँमा कसैको मृत्यु भएर संसानघाटमा लैजाँदा निकै समस्या हुने गरेको थियो, अब सहज हुने छ,” अध्यक्ष पुनले भन्नुभयो – “पदमार्गले गाउँको मुहारनै फेरिएको छ, घण्टौँ लागएर यात्रा गर्नु पने बाटो पनि पदमार्गले गर्दा छोटिएको छ, ७०० मिटर पदमार्ग सबै सिमेन्ट र स्लेट ढुङ्गाले निर्माण गरेका छौँ ।”

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापाले प्रदेशका एघार वटै जिल्लामा पर्यटन प्रर्वद्धन गर्नका लागि पदमार्ग बनाउने योजना अनुरुप पाण्डपखानीमा यस वर्ष बनाइएको बताउनुभयो । मोटरबाटोले ग्रामीण क्षेत्रको सुन्दरतालाई कुरुप बनाइ दिने भन्दै यस वर्ष धेरै जिल्लामा पर्यटन पदमार्ग निर्माण गरि रहेको मन्त्री थापाको भनाइ छ । पर्यटन उद्योग कार्यालय बागलुङमार्फत यहाँ पदमार्ग निर्माण गरेको उहाँले बताउनुभयो ।

मन्त्री थापाले भन्नुभयो – “पाण्डवखानी वास्तवमै सुन्दर छ, यहाँको गाउँ, बस्ती, चालचलन र परम्परा पर्यटकका लागि आकर्षणको माध्यम हुन्, तर अहिलेसम्म यहाँ आउने सडक स्तरोन्नती हुन सकेको छैन, यद्यपी पर्यटन मन्त्रलायले यस वर्ष २० लाख विनियोजन गरे पदमार्ग निर्माण गरेका छौँ, यसले पर्यटकलाई गाउँ घुम्न र सिद्धाथान वरपरका मनोरम दृश्यावलोकन गर्न मद्दत पुग्ने छ, पदमार्गको अनुगन गरियो, राम्रो बनेको छ, अझै थप गर्नु पर्ने देखिएको छ, आगामी वर्षको बजेटमा पनि यसलाई समेटेर अन्य संरचना बनाउने पर्ने छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *