विदेशबाट भोट हाल्ने संभावना छैन – झाँक्री

दोहा, कतार

पूर्व मन्त्री रामकुमारी झाक्रीले तत्काल विदेशबाट भोट हाल्ने संभावना नरहेकाे बताउनु भएकाे छ । कतार भ्रमणमा रहनुभएकी पूर्व शहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीकी सचिव झाक्रीले नेपालको वर्तमान अर्थतन्त्र र व्यवस्थापनले बिदेश बाट भोट हाल्ने कुरा सस्तो लोकप्रियता र स्टनबाज मात्रै भएको बताउनु भएको हो ।

झाक्रीले उच्चतम लोकतन्त्रको अभ्यास गर्ने आर्थिक रुपमा सम्पन्न मुलुकले पनि बिदेशमा भएका आफ्ना नागरिकलाई मताधिकारको अधिकारको दिन नसकेको भन्दै नेपालमा तत्काल कुनै सम्भावना नरहेको ठोकुवा गर्नुभयो । निर्वाचन आयोगले पपुलारिटिको लागि बिदेबाट समानुपातिक भोट हाल्ने ब्यबस्था गर्ने भनेर हल्ला चलाए पनि ब्यबहारिक रुपमा त्यो सम्भव नरहेको झाक्रीले दावी गर्नुभयो ।

गुल्मी सेवा समाज कतारले आइतबार राती आयोजना गरेको सम्मान कार्यक्रम बोल्दै झाक्रीले श्रम स्वीकृत र अध्ययनको लागि एनओसी लिएर गएका नागरिक र नागरिकता त्यागेर गएका गैरआवासीय नेपाली बीच फरक छुट्टाउन सक्नुपर्ने बेला आएको बताउनुभयो ।

हालै नेपाल सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिएको प्रती इङ्गित गर्दे झाक्रीले संसारमा दोहोरो नागरिकता र पासपोर्ट बोक्ने अधिकार कतै नभएकोले दोहोरो नागरिकताको सुविधा बारे सोच्नुपर्ने बताउनुभयो ।

झाक्रीले नेपाल विकास उन्मुख देश भएकोले तत्कालीन अवस्थामा बिदेश बाट पुजी र सीप आउने अपेक्षामा कानुनमा केही सहजता दिन खोजिएको भएपनि त्यो व्यबहारमा हुन नसकेको बताउनुभयो । खाडी लगाएतका मुलुक बाट इमानदारीपूर्वक रेमिट्यान्स भित्रीएको भएपनि अन्य मुलुकमा अध्ययन र ब्यापारका नाममा हुन्डी मार्फत ठुलो मात्रामा पुजी बाहिरिएको भन्दै झाक्रीले चिन्ता व्यक्त गर्नुभयो ।

समाज सेवाको लागी खाडी बाट ठूलो रकम उठाईने तर त्यो कतिपय ठाउँमा दुरुपयोग भएको आफुले देखेको भन्दै त्यस तर्फ सचेत रहन आग्रह गर्नुभयो । हरियो (हाल खैरो ) पासपोर्ट बोक्ने नेपाली श्रमजीवीले संकलन गरेको पैसमा युरोप र अमेरिकाका केही मान्छे नेता बनेको भन्दै झाक्रीले एनआरएनए छोडेर श्रमिकहरुको अर्को प्लेट फर्म खोज्न सुझाव समेत दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *