धौलागिरी अस्पतालको ६५ औं वार्षिकोत्सव


आदर्श अनलाइन, बागलुङ
२०१५ सालमा डिपेन्सरी सेवा सहित स्थापन भएको धौलागिरी अस्पताल बागलुङले ६५ औं वार्षिकोत्सव मनाएको छ ।

हाल विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालले एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले स्वास्थ्य सेवालाई महत्वकासाथ हेरेको बताउनुुभयो ।

उहाँले धौलागिरी अस्पताल र नगरपालिका बीच थप समन्वय गरी प्रदेशमानै उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने र अस्पताल लाई मेडिकल कलेजको रुपमा स्थापनालागि पहल कदमी गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सम्मानितहरु मध्ये डा. विजय ओझा, पुर्व अध्यक्ष टिकाराम सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा अस्पतालमा कार्यरत रही उत्कृष्ट सेवा प्रदान गर्ने ८ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मान हुनेमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. विजय ओझा, मेडिकल अधिकृत डा. नकुल रेग्मी, बरिष्ठ नर्सिङ अधिकृत शान्ती भण्डारी,अहेब दुर्गा श्रीष, ल्याब असिस्टेण्ट लाल कुमारी बस्नेत,सहयाक लेखापाल ध्रुव प्रसाद सुवेदी, मेडिकल रेकर्डर नवराज पौडेल र कार्यालय सहयोगी राज कुमारी थापा रहनुभएको छ ।

कार्यक्रम धोलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारयण पप्रसाद शर्मा पौडेलको अध्यक्षता, प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रबि रंजन प्रधानको स्वागत तथा मेडिकल रेकर्डर नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *