आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य बुद्धी प्रसाद गौतमकी श्रीमती काठेखोला गाउँपालिका– ७, बैन्थान निवासी मनरुपा गौतमको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

गौतमको निधन भएको बाह्रौं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको छ ।

श्रद्धाञ्जली सभामा संस्थाका शेयर सदस्य युवराज गौतम, प्रजापति गौतमलगायतले सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद रु. ५,०००।– (अक्षरुपी पाँच हजार रुपैयाँ मात्र) स्वर्गीय गौतमको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *