प्रथम स्मृति कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि गुठी युनाईटेडलाई

आदर्श अनलाइन, बागलुङ

बागलुङ एकता क्लबले आयोजना गरेको प्रथम स्मृति कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि गुठी युनाईटेडले हात पारेको छ ।

फाइनल खेलमा संकल्प पुर्नस्थापना केन्द्रलाई शुन्यका विरूद्व १ गोलले पराजित गर्दै गुठीले उपाधि चुमेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा मनिष श्रेष्ठको उत्कृष्ट गोलले गुठीले अग्रता बनाएको थियो ।

प्रतियोगिताको समापन समारोहको उद्घाटन पछि बोल्दै पूर्व संघिय सांसद मनकुमारी के.सीले खेलकुद प्रतियोगिताले बागलुङमा छरिएर रहेका युवाहरु बिचको सहकार्य, समन्वय, आत्मीयता र भाइचाराको विकास गरेको बताउनुभयो ।

विकास भनेको पुर्वाधार, स्वास्थ्य, शिक्षा मात्र नभई खेलकुद पनि रहेको बताँउदै के.सीले प्रतियोगिताले बागलुङबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि सहयोग पुर्याएको बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जय बहादुर के.सी, जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक मदन के.सी, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समापन कार्यक्रम बागलुङ एकता क्लब अध्यक्ष इन्सान थापाको अध्यक्षता र रोहन जि.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

‘खेलकुदको पहिचान एकताको अभियान’ नारा दिइएको बागलुङ नगरपालिका वडा नम्बर १ मा रहेको बाङ्गेचौर खेल मैदानमा बागलुङ एकता क्लबको आयोजनामा पुस २७ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा २३ टिमको सहभागिता रहेको क्लबका कोषाध्यक्ष विदुर खड्काले जानकारी दिनुभयो ।

बागलुङ एकता क्लबका पुर्व सदस्यहरु स्व आशिष खत्री, स्व रविन पुन, स्व सुनिल पुन, स्व जित घर्ति, स्व विवेक श्रेष्ठ, स्व शुसिल जि.सी, स्व सुनिल के.सी, स्व क्षितिज श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतियोगिताको उपाधि जितेको गुठी युनाईटेडले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता संकल्प पुर्नस्थापना केन्द्रले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको क्लबका सदस्य दिपु थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीमा संकल्प पुर्नस्थापना केन्द्रका सिद्वान्त गुरूङ, उत्कृष्ट डिभेन्डरमा गुठी युनाईटेड क्लब ए का धणेन्द्र क्षत्री, उत्कृष्ट किप्परमा गुठी युनाईटेड क्लब बि का अनिष रोका मगर र सर्वाधिक गोलकर्तामा कालिपुल युनाईटेडका अन्जान बानिँयालाई पुरस्कृत गरिएको क्लबका सचिव रमेश भण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *