चरणबद्ध आन्दोलनमा बागलुङका पत्रकार


आदर्श अनलाइन, बागलुङ
पत्रकार बिजय राना प्रहरीबाट कुटिएको घटनाको सत्य तथ्य बाहिर ल्यान बागलुङका पत्रकारहरुले चरणबद्ध आन्दोलन थालेका छन् ।

पत्रकार महासंघ बागलुङका सचिव विजय रानामाथी बागलुङ महोत्सबको अन्तिम दिन नागरिक माथी भएको प्रहरी दमनको फोटो भिडियो कैद गरिरहेको सन्र्दभमा प्रहरीले लाठी चार्ज गर्दा रानालाई चोट लागेको थियो ।



घटनापछि जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा भएको छानबिन टोली गठन भएपनि घटनाको ८ दिन वित्दा समेत सत्य तथ्य बाहिर नआएको भन्दै जिल्लाका क्रियाशिल पत्रकारहरुले जिल्ला प्रशासन बाहिर एक घण्टा धर्ना दिएका थिए ।

प्लेकार्ड बोकेका पत्रकारहरुले प्रहरी मेरो साथी पत्रकारलाई लाठी भन्ने जस्ता नारा समेटिएको प्लेकार्ड बोकेका थिए ।

५ दिनमा प्रतिबेदन पेस गर्ने भनेता पनि ८ दिन सम्म प्रतिबेदन पेश नगरेको र दोर्षीलाई कार्वाही गर्नेतर्फ प्रहरी प्रशासनलाई दवाव दिनका लागि धर्ना दिइएको थियो । पत्रकार महासंघले दोषीलाई कार्वाही नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।



यस विषयमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पत्रकारहरुलाई प्रहरी संगठनबाट भएको कमजोरी महशु हुँनेगरी कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले समितिले तत्कालै प्रतिवेदन पेश गर्न निर्देशन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *