दोषीलाई कारबाही गर्न किन आनाकानी ?

सम्पादकीय
बागलुङ उद्योग वाणिज्य सघंले आयोजना गरेको सातौं बागलुङ महोत्सव थुप्रै चर्चा, परिचर्चा र केही आलोचनाका बाबजुत सम्पन्न भयो । आर्थिक मन्दीको कठिन समयमा पनि साथ, सहयोग जुटाएर संघको वर्तमान नेतृत्वले बजारलाई थोरै भए पनि चलायमान गराउन गरेको पहल प्रशंसनीय छ नै । तर, महोत्सवकै अन्तिम संघार तर्फ भएको एक घटनाले भने महोत्सवको चर्चा र आलोचना सेलाएको मात्र छैन, शान्ति सुरक्षाको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयकै अघि राज्यको चौथो अंगका रुपमा रहेका पत्रकारहरु न्यायका लागि आन्दोलित हुनु परेको दुर्भाग्यपूर्ण परिदृश्य यतिबेला देखिएको छ । महोत्सव स्टल भित्रै आगन्तुक पाहुना, स्टल व्यवसायी माथि प्रहरीले बल प्रयोग (कुटपिट र दुव्र्यवहार) गरेको तस्बिर र भिडियो खिच्ने क्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानालाई समेत हात र शरीरमा निलडाम हुने गरी आक्रमण गरियो । जसको छानविन गर्न स्थानीय प्रशासनले समिति पनि गठन गठन ग¥यो । तर, अहिले सम्म घटना, दोषीको पहिचान सहितको प्रतिवेदन सार्वजनिक भएको छैन ।

पत्रकारले फोटो भिडियो खिच्दा, त्यो पनि शान्ति सुरक्षाकै लागि खटिएको प्रहरीले आक्रमण, दुव्र्यवहार गर्ने कुरा कल्पना भन्दा बाहिरको हो । र यो भत्र्सनायोग्य, निन्दनीय हो । जबकि समाचार संकलनका क्रममा अरु कुनै अराजक व्यक्ति या समूहले नियोजित रुपमा आक्रमण ग¥यो भने पनि त्यसबखत प्रहरीले पत्रकारको शान्ति सुरक्षा गर्ने दायित्व हो । कतिपयले पत्रकार राना माथिको आक्रमणलाई महोत्सवको नेपाल पत्रकार महासंघले टिकट बिक्रीको जिम्मेवारी लिएको घटनासँग जोडेर पत्रकारहरुलाई नै गलत सावित गर्ने दुश्प्रयास समेत भएको छ । महोत्सवको टिकट बिक्रीको जिम्मेवारी पत्रकार महासंघले लिन हुन्थ्यो कि हुँदैनथ्यो ? त्यसको विषयमा फरक बहस हुन सक्छ । तर, पत्रकार राना माथि स्टल व्यवसायी र रातिको समयमा महोत्सव स्थलमा रहेका दर्शक माथि प्रहरीले लाठी चार्ज गर्दै गर्दाको घटनाको फोटो भिडियो खिच्ने कार्य पेशागत दायित्वको कुरा हो । र यसक्रममा भएको आक्रमण सिंगो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमण हो । जनताको आवाज बोल्ने पत्रकार माथि त बिना गल्ती यसरी खुलेआम आक्रमण गर्छन् भने सर्वसाधारण माथि कुन हद सम्मको आक्रमण, दुव्र्यवहार प्रहरीले गर्छ होला । सहजै अनुमान लगाउन सकिन्छ ।

नेपाल प्रहरी शान्ति सुरक्षाका लागि अब्बल हुँदा–हुँदै पनि बेला बेलामा यस्ता मनपरी, अराजक र बेथितियुक्त कदमका कारण चरम आलोचित हुँदै आएको छ । हो, महोत्सवमा रंग रमाइलो गर्न आएका दर्शकहरु खानपान, होहल्ला या केही सीमा नाघेका हुन सक्छन् । प्रहरीको काम उनीहरुलाई सम्झाइ बुझाई गन्तव्य तर्फ जान समन्वय सहजीकरण गर्ने गराउने हो, कुट्ने कदापि होइन । यसले त जो रक्षक उही भक्षक भन्ने उक्तिलाई बल दिएको छ, प्रहरी मेरो साथी भन्ने पछिल्लो नेपाल प्रहरीको नाराले प्रहरी स्वयंम्लाई गिज्याएको छ । संविधानमै उल्लेख प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि प्रहरी स्वयंम्ले धावा बोलेको छ । भोलि अरु कसैले यसरी आक्रमण गर्दा प्रहरी, प्रशासन कुनै नैतिकताले कारबाही गर्छ ? छानविन समिति गठन गरेर दिएको म्याद समेत गुज्रिसकेको छ । तसर्थ, अहिले घटनाबारे छानविन गर्न गठित समितिले तयार गरेको त्यो प्रतिवेदन कति वस्तुपरक ढंगले आउँछ ? कहिले आउँछ ? पत्रकारहरु दोषीलाई कारबाहीको माग सहित प्रशासन अघि धर्नामा उत्रिने अवस्था स्वयंम् प्रहरी प्रशासनले नै सिर्जना गरेर अर्को कमजोरी थपेको छ । अब प्रतिवेदन सार्वजनिक र दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनले आनाकानी गर्नु हुँदैन । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, प्रहरी बर्दीको सम्मानका लागि पनि गलत गर्नेलाई प्रशासन, प्रहरीले संरक्षण गर्नु हुँदैन । अन्यथा, यसको मूल्य महँगो पर्न सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *