दुर्गा प्रसाईमाथि बागलुङमा हातपात


आदर्श अनलाइन, बागलुङ
मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईमाथि चप्पल प्रहार भएको छ ।

चप्पल प्रहार गर्ने बागलुङ बजारका रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो २ बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित सभालाई सम्वोधन गर्न आएका प्रसाईलाई जुत्ता व्यवसायी समेत रहेका गौतमले चप्पल प्रहार गर्दै हातपात गर्न खोजेका थिए ।

राष्ट्र, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल, बागलुङले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा प्रसाई मञ्चमा उक्लन लागेको बेला गौतमले चप्पलले हानेका थिए, त्यपछि हातपात गर्न खोज्दा प्रसाईका सुरक्षा गार्ड र प्रहरीले रोकेर थियो ।

चप्पल प्रहार गर्न खोज्ने गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले बताउनुभयो । राष्ट्र, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल, बागलुङले लोकतान्त्रिक चोकमा सभा आयोजना गरेको थियो । नागरिक बचाउ अभियानका नाममा प्रसाईंले प्रदर्शन गर्ने र गणतन्त्र फालेर राजा ल्याउनेसम्म बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *