एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनको तयारी तीव्र

आदर्श अनलाइन, म्याग्दी
नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनको तयारी तीव्र रुपमा अगाडी बढाएको एमाले म्याग्दीले जनाएको छ । पार्टी केन्द्रको मापदण्ड र अन्य पार्टी बिधान नीति तथा निर्देशन अनुसार नै अधिवेशन हुने एमाले अध्यक्ष देवेन्द्रबहादुर केसीले बताउनुभयो ।

अहिले प्रतिनिधि छनौटको काम अन्तिम चरणमा पुगेको छ, प्रमुख अतिथि तथा अतिथिहरुलाइ पत्राचार गर्ने काम पनि भएको छ । एमालेका केन्द्रीय कमिटीका महासचिव शंकर पोखरले प्रमुख अतिथिको रुपमा जिल्ला अधिवेशनको उद्घाटनका लागि म्याग्दी आउने तय भएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

यही माघ १२ र १३ गते हुने जिल्ला अधिवेशनका लागि प्रचार–प्रसार गर्नुका साथै आन्तरीक तयारीको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाका ४५ वटै वडाबाट प्रतिनिधि छनौटको अन्तिम मिति माघ ५ गते सम्म भएको हुनाले शुक्रबार सम्मै सवै वडाले प्रतिनिधि छनौटलाई अन्तिम रुप दिने एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

माघ १२ र १३ गते हुने एमालेको १० औं अधिवेशनले जिल्ला कमिटीको चयन गर्ने उपाध्यक्ष सुवेदीले बताउनुभयो । वडा तथा जनसंगठनहरु र विभागहरुबाट छनौट भएर आएका प्रतिनिधिहरुले आगामी तीन वर्षका लागि नेकपा एमाले म्याग्दीको नयाँ नेतृत्व छान्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *