राष्ट्रपति रनिङ सिल्ड बागलुङ नगरपालिकालाई

आदर्श अनलाइन, बागलुङ
१२ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङ नगरपालिकाले हात पारेको छ । कुल ६६ स्वर्ण, ६६ रजत र १ सय २ कास्य पदकका लागि भएको खेलमा बागलुङले २७ स्वर्ण पदकसहित प्रथम स्थान पाएको हो । बागलुङ नगरपालिकाले १९ रजत र १६ कास्य पदक समेत जितेको छ ।

यो उपाधिसँगै राष्ट्रपति रनिङ सिल्ड बागलुङ नगरपालिकाले भित्र्याएको हो । यसअघि पनि नवौं, दसौं र एघारौं राष्ट्रपति कपसमेत बागलुङ नगरपालिकाले जितेको थियो । तीन पटक जितेर आफ्नै बनाएपछि फेरि दोश्रो पटकको पहिलो सिल्ड बागलुङले भित्र्याएको हो ।

बागलुङले सबैभन्दा धेरै एथलेटिक्समा १४, उसुमा ७, कराँते र तेक्वान्दोमा ३/३ स्वर्ण पदक जितेको थियो । १२ स्वर्ण, १४ रजत र १३ कास्य पदक जितेर बडिगाड गाउँपालिका दोश्रो भएको छ ।

बडिगाडले तेक्वान्दोमा ४, करातेमा ३, कबड्डीमा २, उसुमा २ र भलिबलमा १ स्वर्ण पाएको हो । फागुन दोस्रो साता नवलपुरमा हुने गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा बागलुङबाट उनीहरूले खेल्नेछन् । खेलका लागि दस पालिकाका ४ सय खेलाडीले स्पर्धा गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *