अटोमेसन प्रणालीबाट पेशी तोक्दै उच्च अदालत

आदर्श अनलाइन, बागलुङ
उच्च अदालत पोखरा बागलुङ इजशाल प्रविधि मैत्री बन्दै गएको छ । प्रविधिका कारण फैसलामा हुने ढिलाईको अन्त्य समेत भएको छ भने नागरिकले तोकिएकै समयमा न्याय पाउन थालेका छन् । अदालत प्रविधिमैत्री बन्दै गएपछि मुद्दा फछ्यौट दर समेत बढ्दै गएको छ । अदालतमा एक वर्ष नाघेका मुद्दा न्यून मात्रै छन् ।

सेवाग्राहीलाई सहज सेवा दिनका लागि कम्प्युटर प्राणाली अटोमेसन मार्फत पेशी तोक्न थालिएको छ । उच्च अदाल पोखरा बागलुङ इजलाशका मुख्यभईकाम गर्ने मदन पोखरेलका अनुसार सेवाग्राहीलाई सहज पु¥याउनका लागि कम्प्युटर प्राणाली अटोमेसन मार्फत पेशी तोक्न थालिएको छ ।

“बादीले एउटा समय माग्ने, प्रतिवादीले अर्को समय माग्ने हामीलाई कुन समय दिने भन्ने हुन्थ्यो, अब कम्प्युटरलेनै मुद्दाको पेशी तोक्नेछ, मुद्दाको सुनुवाई नगर्दा सम्म अर्को पेशी कम्प्युटरले तोक्दैन” न्यायाधिस पोख्रेलले भन्नुभयो “पुस १ गतेदेखि हाम्रो उच्च अदालतमा लागु भइसक्यो, जिल्ला अदालतमा समेत लागु गर्ने तयारी छ ।”

सर्वोच्च र सबै उच्च अदालतमा यो विधि लागू हुँदा सेवाग्राहीलाई सहज भएको छ जस्कारण चाहेर पनि ढिला फैसला हुँदैन । अदालतले टाइम कार्डको समेत व्यवस्था गरेको छ । मुद्दा दर्ता भएकै दिन मुद्दाको पेशी, आदेश र फैसला हुने समयको व्यवस्थापन गरेर सोही अनुसार पेशी र तारेख दिने गरिएको उच्च अदालत बागलुङका रजिष्ट्रार मुकुन्द आचार्यले जानकारी दिनुभयो ।

अदालतभित्रै टिभीको डिस्प्लेमार्फत पेशी र सूचना दिने व्यवस्था गरिएको छ । अदालतको बेवसाइट अद्यावधिक गर्ने, पक्षलाई पायक पर्ने अदालतबाट तारिख लिन पाउने, एसएमएसबाट मुद्दाको जानकारी पाउने, फैसला निशुल्क पाउनेजस्ता सेवा दिन थालेको आचार्यको भनाई छ ।

अदालतको सेवालाई परिवर्तन र सुरधार गरेसंगै मुद्दा फछ्र्यौटमा पनि प्रगती भएको देखिएको हो । पुस १ गतेदेखि कम्प्युटरमार्फत पेशी तोक्ने (अटोमेसन) प्रणाली लागु गरेको हो । रजिष्ट्रार आचार्यका अनुसार चालु आर्थिक वर्षमा लक्ष्य भन्दा १४५ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ ।

चालु वर्षको सुरु हुनुअघि अघिल्लो वर्षका १ सय ६१ मुद्दाको जिम्मेवारी सरेर आएकोमा चालु वर्ष ३ सय ८३ मुद्दा दर्ता भइ ५ सय ४४ मुद्दा पुगेको रजिष्ट्रार आचार्यको भनाई छ । तीमध्ये हालसम्म २ सय ३९ मुद्दा फछ्र्यौट भएको र १ सय २५ थान बाँकी रहेका छन् । यो संख्या कुल लक्ष्यको १ सय ४५ प्रतिशत फछ्र्यौट रहेको छ ।

मासिक रुपमा पनि फछ्यौटको संख्या राम्रो हुँदा तोकेभन्दा बढी मुद्दा फैसला भएको आचार्यले बताउदै आचार्यले गत साउनमा २३ को लक्ष राखेकोमा ३३ मुद्दा फैसला गरिएको थियो । भदौमा ३२ मा ३८, असोजमा २९ मा ५३, कात्तिकमा १६ मा १०, मंसिरमा ३२ मा ६१ तथा पुसमा ३२ मा ५६ मुद्दा फछ्यौट भएका हुन् ।

अदालतले सोधपुछ र सहायता कक्ष राखेर अदालत आउने सेवाग्राहीलाई स्वयंसेवक र सहजकर्ताले नै सबै शाखामा पु¥याउने कामसमेत थालेको छ भने सन्तुष्टी फर्म समेत भर्ने व्यवस्था मिलाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *