आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका सल्लाहकार बागलुङ नगरपालिका-३ निवासी रूद्र बहादुर महत र शेयर सदस्य सूर्य बहादुर महतकी ममतामयी माता तथा शेयर सदस्य कमला महतकी सासुआमा जलजला गाँउपालिका-८ पर्वत, नाग्लिबाङ, खनियाघाट निवासी जयश्वरी महतको निधनप्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभासँगै राहत हस्तान्तरण गरेको हो ।
महतको निधन भएको छैंठौ दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको हो । श्रद्धाञ्जली सभामा आदर्श सञ्चार सहकारी संस्था लिमिटेड अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु), सल्लाहकार डिल बहादुर कार्की, सुरेश प्रसाद श्रेष्ठ, सचिव सरस्वती खड्का परियार, सञ्चालकहरू गीता खड्का, अम्बिका जि.सी, खिम बहादुर के.सी, संस्थाका सम्पादक राम बहादुर जि.सी, जिल्ला सहकारी संघ बागलुङका सञ्चालक खिम कार्की, संस्थाका प्रबन्धक दिपकराज सापकोटा, सह-सम्पादक सिर्जना पन्त, शेयर सदस्य हायश्वर सुवेदी (रवि),पत्रकार तारानाथ आचार्य,अर्जुन कार्की लगायतले एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद रु. पन्ध्र हजार रुपैयाँ स्वर्गीय महतको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।