त्रिभुवन मा.विका विद्यार्थीलाई प्रभावकारी भाषणकला तालिम

आदर्श अनलाइन, बागलुङ

विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीलाई बिहिबार प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको छ।

लायन्स क्लब अफ धौलागिरी बागलुङ, बागलुङ जेसीज,लियो क्लब अफ धौलागिरी बागलुङ र टिम नेपो बागलुङको संयुक्त आयोजना तथा बागलुङ नगरपालिका वडा नम्बर १३ वडा कार्यलयको समन्वयमा प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको थियो ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले विद्यार्थीको आवश्यकतालाइ मध्यनजर गर्दै आयोजना गरिएको भाषणकला तालिम निकै प्रभावकारी हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमले सहभागीहरुको क्षमतामा निखारता ल्याउँदै यसले उनिहरुको आत्मविश्वास जागृत हुने बताउनुभयो ।

कार्यक्रममा त्रिभुवन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डा.राम बहादुर के.सी, विद्यालयका प्रधानध्यापक तिलक आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

तालिमलाई सहजिकरण गर्दै प्रशिक्षक बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले जीवनमा सिक्दै अगाडि बढ्नका लागि बोल्नुपर्नेमा जोड दिँदै जीवनमा विशाल फल दिने वृक्ष बन्ने सपना देख्नुपर्ने बताउनुभयो ।

तालिममा त्रिभुवन माध्यमिक विद्यालयका १५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिम अगाडि आफू मान्छेहरूको अगाडि गई बोल्न आत्मविश्वास नआउने, हात खुटा काँप्ने गरेकोमा हाल यो तालिमपश्चात सिलसिलाबद्ध भएर बोल्न जानेमा राम्रै भाषण गर्न सकिँदो रहेछ भन्ने आफ्नो अनुभूति भएको अनुभव व्यक्त गरेका थिए ।

कार्यक्रम लियो क्लब अफ धौलागिरी बागलुङका अध्यक्ष मनिष कडेंलको अध्यक्षता, बागलुङ जेसीजका उपाध्यक्ष रोहन जि.सीको स्वागत र प्रथम उपाध्यक्ष सचिन हरिजनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *