कालीगण्डकी दोहनको स्टाटसमा नेकपा नेतालाई प्रहरीकै धम्की

आदर्श अनलाइन, बागलुङ

प्रहरी रक्षक हो । जसले दैनिक आउने समस्या, मनपरी, विकृति र अराजकताहरुका बिरुद्ध कदम चाल्छ । तर, पर्वत र बागलुङमा नियम विपरित भइरहेको नदी दोहनको बिषयमा आवाज उठाउदा जिल्लाका एक सत्तारुढ दलका नेतानै उल्टै प्रहरीबाट धम्कीको सामना गर्न बिवश भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बागलुङका नेता कृष्ण पाठकले जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी श्याम अर्यालले धम्की दिएको बताउनुभएको छ ।

नेता पाठकले कालिगण्डकी दोहनको विषयमा कुरा उठाउँदा आफूमाथि धम्की आाएको बताउनुभयो । उहाँले बुधबार राति ९ बजे टेलिफोन गरेर डीएसपी अर्यालले धम्की दिएको बताउनुभयो ।

पाठकले मध्य पहाडी लोकमार्ग नै धरापमा पर्ने गरी कालीगण्डकीको दोहन भएको विषयमा आफूले सामाजिक संजालमा राख्दा डिएसपी अर्यालले धम्काएको उहाँको भनाई छ ।

नदी दोहनका बिषयमा फेसबुकमा स्टाटस राखेपछि हिजो पर्वतको डीएसपीले फोन गरेर धम्कीको भाषामा भन्नुभयो, तपाई के गर्न सक्नु हुन्छ गर्नुस, यो हाम्रो कुरा हो, के गर्न सक्छौ गर, यसरी स्टाटस राख्ने, यस्तो भयो भने राम्रो हुँदैन ।’

डीएसपी अर्यालले आफूलाई पर्वत तिरको मामलामा नजान र अर्ति बुद्धि दिने काम भए नराम्रो हुने भन्दै मनोवैज्ञानिक दबाब दिएको नेता पाठकको दावी छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका एसपी श्याम अर्यालले आफूले धम्कीको भाषा नबोलेको दावी गर्नुभयो । नेता पाठकले आफै फोन गरेर आफूलाई नानाथरी भनेको उहाँको जिकिर थियो । ‘तिमीहरुले मिलेर घुस खाने, सेटिङ मिलाउने भन्नुभयो’, डिएसपी अर्यालले भन्नुभयो ‘यस्तो कतै छ भने प्रमाण देखाउनु, मैले बर्दी खोलेर फाल्दिन तयार छु भनेको हुँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *