देव बहादुर श्रेष्ठ
मेरो आफ्को बानी दैनिक रुपमा विहान ७ बजेको खबरहरु हेर्ने गर्दछु । नेपालमा मात्र होइन विश्वमानै दिनानु दिन कुनै न कुनै घटना र दुर्घटना भएको देखिन्छ । यही पौष २८ गते एकै दिनमा विभिन्न दुर्घटनामा २२ जना नेपालीहरुको मृत्यु भएको खवरले मेरो मुटु छोयो । किन र कसरी यस किसीमको दुघर्टना हुने गर्दछन् ।
यस्को विस्तृत अध्ययन गर्नु पर्न जरूरी देखिन्छ । हुनत हामी हिन्दु धर्ममा विश्वास गर्नेहरु हरेक घटनाहरुलाई दिन दशा र पूर्वजन्मको फल भनेर विर्सने गर्दछौ । तीस पैतिस वर्ष अगाडीसम्म हामी नेपालीहरु गाउँ शहरमा जानुपर्दा पैदल हिडेर अली हुने खानेले घोडा चढेर भ्रमण गर्ने चलन थियो ।
बागलुङदेखि पोखरा, काठमाडौ, बुटवल जानुपर्याे भने कति वर्षसम्म हिँडेर नै जाने गरेको यो लेखकले देखेको र भोगेको पनि छ । काठमाडौँ जानुपर्याे भने पोखरासम्म हिडेर जाने त्यहाँबाट पेलेन चढेर जाने गरिन्थ्यो । बुटवल जानु पर्याे भने ४/५ दिन लगाएर पाल्पा हँुदै बुटवल पुग्ने गरिन्थ्यो । २०२६ सालदेखि पोखरा सुनौली राजमार्ग खुले पछि बागलुङबाट कार्कीनेटा आँधिखोला हँुदै नागडाँडा पुगेर मोटर चढने चलन भयो ।
मोटरबाटो खन्ने काममा र अन्य विकासको कामको योजना बनाउदा पनि पंचायतकालमा थोरै रकमबाट श्रमदान समेत गरेर हरेक योजनाहरु सम्पन्न हुने गर्दथ्यो । साठी प्रतिशत सरकारी रकम चालिस प्रतिशत जनश्रमदान गरेर धेरै विकासका कामहरु सम्पन्न भएका थिए । २०४६ साल पछि पूर्ण सरकारी रकमबाट गाउँ घरमा मोटरबाटोहरु बनाउने काम सुरुवात भयो । हरेक गाउँ छुने मोटर बाटाहरु बनाउनु पर्नेमा घर घरमा पु¥याउने गरी जथाभावी बाटोहरु बनाउदाखेरी कच्ची बाटाहरूले धेरै दुर्घटना भएर धेरै मानिसको ज्यान लिने काम भयो ।
आज भोली मैले अध्ययन गर्दा बागलुङमा मात्र सयौँ संख्यामा मोटरहरु भित्रिएका छन् । मोटर साईकल र स्कुटरहरुको लाइन त बाटोमा तेर्साएको देखिन्छ । पहिले पहिले खेतीपाती गर्ने गाई भैसीहरु पाल्ने गाउँ घरको गोठमा मोटर र मोटरसाइकल राख्ने ग्यारेज बनाएको देखिन्छ । खेत बारीमा घास र रुख बढेर जंगल जस्तो देखिएको छ । आजभोली सहर बजार गाउँ घरमा बस्ने युवा युवती पनि पाँच मिनेटको बाटोमा कित गाडी चढेर जान्छन्, कित आफ्नै मोटर साईकल कुदाउछन् । गाउँ घरमा कच्ची सडक खनेर उर्वरा भूमीलाई मरुभूमी बनाइएको छ । वर्ष भरी खान पुग्ने किसानले आजभोली बजारबाट बोराका बोरा खाध पदार्थ हरेक जीपमा बोकाएर लगेको देखिन्छ ।
साना साना घटना र ठूलाठूला दुर्घटना बाजा बजाएर यो पृथ्वीमा आउँदैन । कतिपय घटनामा मानिसहरु मिलेर घटाउने गर्दछन् । विगतका घटनालाई नियालेर हेर्ने हो भने त्यस्तै देखिन्छ । कुनै व्यक्तिको ज्यान लिने काम समेत योजना बनाएर गरिन्छ ।
पृथ्वीको घरातलमा धेरै देशहरु छन् । हाम्रो देशमा मात्र होइन समन्द्रले छोएको देशमा आँधीबेरी आएर पानी जहाज नै दुब्ने गर्द छन् र सयाँै यात्रुहरुको एकै चिहान बनेको सुन्नमा आउछ । केही देशहरुमा आफ्को इच्छा कायम गर्न ठुल ठुला बमबारी गरेर हजारौँ बालबालिकाहरुको मृत्यू भएको खवर सुन्नमा आउँछ । मानविय घटनाहरु बाहेक कहिले काँही प्राकृतिक प्रकोपहरु आएर विश्वका ठाउँ ठाउँमा सामुन्द्रिक आँधी बाढी र पहिरोहरुले हजाराैँको ज्यान लिएको सुन्नमा आउँछ ।
विश्वमा घट्ने लडाइहरुलाई शान्ती मार्गमा ल्याउन संयुत्त राष्ट्रसंघको गठन भएको देखिन्छ । तर, ठुला ठुला शक्ती राष्ट्रहरुले संयुक्त राष्ट्रसंघको शान्ती पक्रियालाई लत्याएर आज पनि लडाई र बमबारी गराई राखेका छन् । यस्तै शक्ती राष्ट्रहरुले आफ्नो शक्ती प्रदर्शन र बमबारी गरिरहने हो भने भोली यास्तो दिन पनि आउने छ र तेस्रो विश्वयुद्धमै ठुलो धनजनको क्षति हुन पनि सक्छ । त्यसैले विश्वका सवै राष्ट्रहरुले मानविय क्षती हुन नदिन संयम भएर एकपल्ट सोच्नु पर्ने देखिन्छ ।