सुनौलो बागलुङद्वारा जैमिनीको दुई स्थानमा राहत वितरण


आदर्श अनलाइन, बागलुङ
सुनौलो बागलुङ संस्थाद्वारा जैमिनी नगरपालिकाको दुई स्थानमा राहत वितरण गरेको छ ।
जैमिनी नगरपालिका–३ उपल्लो दमेक स्थित दुर्गा प्राथमिकमा १० जना विद्यार्थीलाई शैक्षिक सामाग्री (प्रती व्यक्ति एक झोला, एक दर्जन कपि र पेन्सिल सेट) सहयोग गरेको छ ।

सहयोग बाल कक्षा देखि पाँच कक्षा सम्मका बाल कक्षाका सलोन के.सी, कक्षा एकका सीता सापकोटा र रिजन थापा मगर कक्षा दुईको पुष्पा थापा छेत्री कक्षा तिनका सुगम थापा मगर कक्षा चारका प्रीन्स छेत्री एकुमाया बिक कक्षा पाँचका गिता पुन अञ्जली बिक लाई शैक्षिक सामाग्री सहयोग गरेको अध्यक्ष दिलिप प्रतेलले जानकारी दिनुभयो ।



सोही स्थानका लिभरमा ट्युमर भएका ७ बर्षका समृद्धि छेत्री लाई रकम रु. ३० हजार सहयोग गरिएको अध्यक्ष प्रतेलले जानकारी दिनुभयो । यस्तै जैमिनी नगरपालिका–२ का दुई बिपन्न परिवार तुलसी दर्जी र दुर्गा बहादुर दर्जिको परिवारलाई रु.१५ हजार बराबरको खाद्यान्न सहयोग गरिएको छ ।

सुनौलो बागलुङ संस्थाको चित्र श्रीस मार्फत आएको रकम र देउसी भैलो मार्फत संकलनमा संकलित रकम सहयोग गरिएको अध्यक्ष प्रतेलले जानकारी दिनुभयो । कार्यक्रममा जैमिनी नगरपालिका–३ का वडा अध्यक्ष कृष्ण भुजेलले संस्थाले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै यस्ता मानवीय कार्यहरूमा निरन्तरता दिन आग्रह गरे ।



दुर्गा प्रधानध्यापक कृष्ण क्षेत्रीले सुनौलो बागलुङ संस्था गरेको सहयोगले बिद्यार्थीहरुको पठनपाठनलाई सहयोग पुग्ने बताइन् । सल्लाहकार बिक्रम थापा र संस्थाका प्रेस सल्लाहकार बिजय रानाले संस्थाले निरन्तर रुपमा दिन दुखीलाई सहयोग पु¥याउदै आएकोमा आगामी दिनमा पनि प्रभावकारी रुपमा सहयोग अभियान अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा सुनौलो बागलुङ संस्थाको अध्यक्ष दिलिप प्रतेलको अध्यक्षता र प्रमुख आतिथ्यतामा जैमिनी तिनका वडा अध्यक्ष कृष्ण भुजेल र संस्थाको कोषाध्यक्ष रोशनी भुजेलको स्वागत मन्तव्य र सचिव जीवन ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *