दीगो विकास लक्ष्य सम्बन्धित अन्तरक्रियामा अध्यक्ष घर्ती मगरद्वारा ढोरपाटनको चर्चा

आदर्श अनलाइन, बागलुङ

ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहाखुर घर्ती मगर सहभागी दुवईमा भएको दीगो विकास लक्ष्य प्रातिका लागि भएको अन्तरक्रियामा सहभागी भएर फर्किनु भएको छ । इडु टुरिजम फर युनिटी बेलायतले आयोजना गरेको अन्तरक्रियामा दुवई पुग्नु भएका अध्यक्ष घर्ती मगरले ढोरपाटनको दीगो कृषि र पर्यापर्यटनको बारेमा प्रस्तुतीरकण दिनुभएको बताउनुभयो ।

जनवरी २६ देखि २९ सम्म भएको अन्तरक्रियामा सहभागीका लागि आफूले अनलाइनमार्फत फर्म भरेको र नाम निस्केपछि दुईव गरेको उहाँको भनाइ छ । संयुक्त राष्ट्र संघले दीगो विकासका लागि १७ वटा लक्ष्य निर्माण गरेको र यहाँको विकासका लागि सोही अनुसार गर्नु पर्ने बताउनुभयो । सोही लक्ष्य अपनाएर नीति तथा कार्यक्रम बनाउँदा सानो बजेटमा धेरै विकास गर्न सकिने उहाँको भनाइ छ ।

अन्तरक्रियामा ४० देशका सामाजिक अभियान्ता, जनप्रतिनिधि, अनुसन्धानकर्ता लगायतको सहभागी रहेको भन्दै उनीहरुबाट विकास निर्माण, पर्यटन, कषि लगायतको वियषमा सिक्ने अवसर मिलेको भन्दै त्यहाँ सिकेको कुरालाई आफ्नो गाउँ ठाउँमा लागु गर्ने अध्यक्ष घर्ती मगरले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *