पैयुपाटामा बालमैत्री शुभारम्भ कार्यक्रम


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१३ पैयुँपाटामा बालमैत्री वडा घोषणाको लागि शुभारम्भ भेला सम्पन्न गरिएको छ ।
बागलुङ नगरका नगरप्रमुख बसन्तकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भेलाले बा.न.पा १३ का वडाअध्यक्ष श्री नारायण शर्मा पौडेलको अध्यक्षतामा २३ सदस्य वडास्तरीय बालमैत्री समिति, पुर्णिमा शर्माको अध्यक्षतामा २५ सदस्यीय वडा स्तरीय बाल सञ्जाल गठन गरेको छ ।



डा.रामबहादुर केसीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती रेग्मी र नगर बाल सञ्जालका सहजकर्ता झरना नेपाली, वडा स्तरीय बाल सञ्जालको अध्यक्ष पूर्णिमा शर्मा एवं बालमैत्री फोकल शिक्षक हरिराम रेग्मीले बालमैत्रीका सूचकहरूको बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो । नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नगरलाई बालमैत्री बनाउने अभियानले तिब्रता पाएको बताउनुभयो ।

कार्यक्रममा नगरउपप्रमुख राजु खड्काले कार्यक्रमका विषयमा धारणा राख्नुभएको थियो । कार्यक्रमको बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता तथा त्रिभुवन माविका शिक्षकद्वय बलराम रिजाल र कृष्ण पौडेलले सञ्चालन गर्नुभएको थियो ।

साविक ९ वटा वडामा रहेका टोल बिकास समितिको नेतृत्वमा बिद्यालय, खानेपानी तथा सरसफाइ उपभोक्ता समिती, सामुदायिक वन उपभोक्ता समिती, महिला समुह, दलित,महिला, अपाङ्ग, जनजाती, एकल महिला संजालको सहभागीतामा ब्यानर सहित बालमैत्री नाराहरुको सहित ¥याली कार्यक्रममा उपस्थिति रहेको थियो ।

बागलुङ नगर अस्पताल अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयं सेवीकाहरूले पोषणयुक्त खानाको प्रदर्शनी गर्नुभएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि ज्युहरुलाइ स्थानीय उत्पादन अमृसोका कुचाहरु मायाको चिनो स्वरुप वडा अध्यक्ष नारायण शर्मा पौडेलले प्रदान गर्नु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *