गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड

डम्मर बुढा मगर, बागलुङ
एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन् । टाढा यात्रा गर्दा पैदलनै हिड्नु पर्ने बाध्यता थियो । सामान भने घोडा खच्चडमा ढुवानी गरिन्थ्यो । टाढा–टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी मानिने खच्चड हिजोआज कामविहीन जस्तै छन् हुन्छन् । स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन् । तर बागलुङको ढोरपाटनका स्थानीयले अहिले पनि खच्चडको प्रयोग गर्दै आएका छन् । भौगोलिक कठिनाईका कारण ढोरपाटन क्षेत्रको धेरै गाउँमा सडक पुग्न सकेको छैन । सडक नपुगेका ठाउँमा घोडा खच्चडबाटै समान ढुवानी गरिन्छ । सडक पुगेका ठाउँका स्थानीय मल र घाँस खच्चडमा ओसरपसार गर्छन् ।

ढोरपाटनसहित बोबाङ, निसेलढोर मा पनि खच्चडमा घाँस र मल बोकाउने प्रचलन बढेको छ । ढोरपाटनमा गाडी आएपछि घोडाखच्चडको काम घटेको स्थानीय वीरबहादुर सुनारले बताउनुभयो । आफ्नो घर सडकभन्दा धेरैमाथि हुँदा घोडामै यात्रा गर्ने उहाँको भनाइ छ । बजारबाट नुन, तेल र चामल ओसारपसार गर्नका लागि सहज हुने भन्दै सबैभन्दा बढी जंगलबाट घाँस दाउरा ओसार्न र बारीमा मल पु¥याउन खच्चड प्रयोग हुने गरेको सुनारले बताउनुभयो । गाउँमा सडक नआउँदा पसलका सामान ढुवानी गरेर मासिक ४० हजार बढी कमाउने गरेको उहाँले सुनाउनुभयो ।

“हाम्रो पालामा मोटरगाडी चल्दैनथे, बाटो पनि गत्तिलो थिएन, अहिले जहाँ पनि गाडी चल्छन्, त्यही भएर बजार तिर जानै छोडियो, भएका घोडा बच्न खोजे पनि कसैले किन्दैनन्, त्यही भएर केही काम त लगाउनु प¥यो भनेर मल र साँघ बोकाउने गरेको छु” उहाँले भन्नुभयो – “गाउँमा मेरो मात्रै होइन अरु धेरैको घोडा खच्चड छन्, पहिले त घोडा खच्चड हुने मान्छे धनिमानी मानिन्थे, अहिले केही महत्व दैन ।”

गाउँको टोल–टोलमै सडक पुगेपछि घोडा खच्चड पाल्नै गाह्रो भएको निसीखोला गाउँपालिका–५ निसेलढोरका तलकुमार विकले बताउनुभयो । अहिले पाँच ओटा घोँडा पाल्दै आएको विकले सुनाउनु भयो । बाउबाजेको पालादेखिनै घरमा घोडाखच्चड पाल्दै आएको हुँदा आफूले पनि त्यसलाई निरन्तरता दिएको भन्दै अहिले घाँस र दाना पु¥याउनै गाह्रो पर्ने उहाँको भनाइ छ । पहिले सामान ढुवानी गर्ने काम पाउँदा मकै, दाना किनेर खुवाउने गरे पनि अहिले घाँससमेत खुवाउन नसक्ने स्थिती आएको विक बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “घाँस खुवाएर पाल्नै गाह्रो, उत्पादन केही छैन, त्यही भएर भारी बोक्ने काममा खच्चड लगाउने गरेको छु, टाढा जानु प¥यो चने एउटा घोडा पनि छ, त्यहीमा चढेर जान्छु, हाम्रो बाउ बाजेले घोडा पालेर परिवार चलाउँथे, अहिले हामीहरुलाई घोडा पाल्न गाह्रो छ, परिवार पाल्न त के कुरा गरौँ, मार्न भएन, पालेको पशु माया लाउँछ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *