नागरिकका समस्या पार्टीको मुद्दा बनाउन समुदायमा काँग्रेस अभियान

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पतिनिधिसभा सदस्य प्रदिप पौडेलले आम नागरिकका समस्यालाई काँग्रेको मूल मुद्दा बनाउहाँ समुदायमा काँग्रेस अभियान सञ्चालन गरिएको बताउनुभएको छ । नेपाली काँग्रेस बागलुङको आयोजनमा बागलुङ बजारको नारायणचोकमा भएको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै पौडेलले नेपाली काँग्रेस आम नेपालीको समस्या सम्बोधनका लागि बनेको पार्टी भएकाले नागरिकका समस्याहरु सुनेर पार्टीले आफ्नो धारणा बताउने उहाँको भनाइ छ ।

‘यहाँ प्रकाश स्नेहीजी आउनु भएको छ, मलाई पाँच जिल्लाको जिम्मेवारी दिईएको छ, नागरिकका हरेक समस्या सुनेर हामीले त्यसलाई लिपीवद्ध गर्नुभयोर पार्टीमा बुझाउँछौं,’ उहाँले भन्नुभयो,‘यो चीजलाई पार्टीले आफ्नो मुल मुद्दा बनाएर सरकारलाई दबाब दिन्छ ।हामीले त्यसको सुनुवाईका लागि संसदमा पनि बोल्छौं ।’ कतिपय सन्दर्भमा एक अर्को मन्त्रालयबीचको कानुन बाझिएर काम गर्नै नसक्ने अवस्था रहेकाले त्यसको सहजीकरणका लागि पनि संसदमा आवाज उठाउने उहाँले बताउनुभयो ।

‘खानेपानी मन्त्रीले योजना बनाउहाँ वन काट्नुपर्छ भन्नेहुन्छ, वन मन्त्रीले वन फँडानी गर्न हुँदैन भन्नुहुन्छ,’उहाँले भने,‘कानुन बाझिदाको समस्याले कामै गर्न नसक्ने अवस्थाहरु पनि छन् । त्यसको सहजीकरणका लागि संसदमा आवाज उठाउहाँे कानुन संशोधनका लागि प्रयास अवश्यक गर्नेछौं ।’ संस्थागत राजनीतिले विश्वविद्यालय थला परेको भन्दै उहाँले खुला प्रतिस्पर्धाको आधारणमा उपकुलपति छनोट हुने परम्परा बसाल्न खोजिएको बताउहाँुभयो । उहाँले शिक्षाको समाजवाद निजी विद्यालय बन्द गर्ने नभई सार्वजनिक विद्यालयलाई निजी विद्यालयको तहमा पु¥याउने भएको उल्लेख गर्नुभयो ।

‘हामी स्थानीय तह, प्रदेश सरकार र संघ सरकारमा छौं,’उहाँले भने,‘हामीले आफ्ना क्षेत्रबाट कति काम गर्न सक्यौं भन्ने कुराको पनि हेक्का राख्नुपर्छ ।’ २०४६ को राजनीतिक परिवर्तनपछि विकासका कामहरु प्रसस्तै भएप नि सुशासनको पक्षमा नागरिकले प्रश्न गरिरहने गर्नुभयोको उहाँको भनाई छ । ‘४६ सालपछि बाटो बनेका छन्, विद्यालय बनेका छन्,’उहाँले भने,‘तर विद्यालय बन्ने बाटो बन्ने कुराले मात्र नागरिक सन्तुष्ट छैनन् । नागरिकलाई सुशासन चाहिएको छ । जून कुरा हामीले प्रत्याभूत गर्न सकेका छैनौ ।’ उहाँले अब काँग्रेस गाउँ गाँउ र टोल टोलमा पुगेर नागरिकको विचार लिने र त्यसलाई पार्टीको विचार रहेको उहाँको भनाई थियो ।

काँग्रेसमा नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । कार्यक्रममा बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, डा. रामबहादुर केसी, बानपा—१४ का वडाध्यक्ष चक्रबहादुर खत्री, शिक्षाकर्मी निशान खड्का, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल, समाजसेवी जब्बर बहादुर लामिछाने, राष्ट्रिय अभिभावक संघका टिकाराम थापा, नेपाल दलित संघ गण्डकी प्रदेश उपाध्यक्ष ताराबहादुर विश्वकर्मा, अधिवक्ता भूमिश्वर गौतम, शिक्षक विष्णुराज पौडेल, गैरसरकार संस्था महासंघका जिल्ला अध्यक्ष मुक्तिराम सापकोटा, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगर लगायतले जिल्लाको समस्या सुझाव तथा भनाई राखेका राखेका थिए । नेपाली काँग्रेस बागलुङका सभापति जितबहादुर शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गण्डकी थापा अधिकारीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *