मालोपत कार्यालय बुर्तिबाङका हाकिम साब : कार्यालय समयमै मदिराले झ्याप

डम्मर बुढा मगर, बागलुङ
मालपोत कार्यालय बुर्तिबाङका प्रमुख शोभाकान्त पौडेल कार्यालय समयमा मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको छ । दुई दिनदेखि कार्यालयमा उपस्थित नभएका पौडेल सरकारी निवासमै मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको हो । सोमबार कार्यालय भएकै घरमा बस्दै आउनु भएका पौडेल कार्यालयमा नआएपछि सेवाग्राही निवासमै पुग्दा मदिराले लठ्ठिएको अवस्थामा सेवाग्राहीले फेला पारेका हुन् ।

निसीखोला गाउँपालिका– १ देविस्थाबाट सेवा लिन आउनु भएका धिरेन्द्र मल्लले आफ्नो सबै काम आइतबारनै सकिएको तर प्रमुख पौडेलको हस्ताक्षर नहुँदा सोमबारसम्म कुर्नु परेको बताउनुभयो । विहानैदेखि कार्यालयमा आएर कुर्दा पनि पौडेल नआएपछि धेरै सेवाग्राहीले सास्ती खेप्नु परेको उहाँले सुनाउनुभयो ।

तमानखोला गाउँपालिका–३ तमान गाउँबाट सेवा लिन आउनु भएका रत्नबहादुर बुढाथोकीले एकैछिनमा हुने कामलाई हामिकले दुई दिन लगाई दिएको बताउनुभयो । हजारौँ रुपैयाँ खर्च गरेर गाउँबाट आएको सुनाउँदै आइतबारनै सकिने काम सोमबारसम्म नगर्दिदा खर्च बढेको गुनासो पोख्नुभयो ।

उहाँले भन्नुभयो – “हाकिम आएर काम सकिला भनेर हिँजो (आइतबार) दिनभरी कु¥यौँ, आउनु भएन आज पनि अबेरसम्म आउनु भएन, पछि त रक्सी खाएर सुत्नु भएको रैछ, यस्ता कर्मचारीले गर्दा हामी जस्ता सोझा जनताले दुःख पाउनु परेको छ, कुर्दा कुर्दा दुई दिन यतिकै बित्यो ।”

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कार्यालय समयमा मदिरा सेवा गरि सेवाग्राहीको काम गर्ने पौडेललाई कानुनी कारबाही गर्ने बताउनुभयो । बदिराले मातिएका मालपोत अधिकृत पौडेललाई नियन्त्रणमा लिन प्रहरीलाई पत्र पठाएको सहायक प्रजिअ बरालको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *