कोरोना आतंक र बच्ने तरिका

जीवन शाक्य
कोरोना भाईरस संक्रमण (कोविड१९)को आतंकले विश्वभरका मानिसहरुलाई आतंकित पारेको छ । यो भाइरसको संक्रमणले हुने अस्वस्थता र असर भन्दा वढी डर त्रासले आतंकित भई मान्छेमा हुने रोग संग लडने क्षमता अथार्त इम्युनिटी पावर कम भएर संक्रमित मान्छेहरु मरिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसको संक्रमणले मर्ने जम्मा ३ं.४ प्रतिशत अर्थात सयमा ३ जना सम्म मात्र हो सबै मर्दैनन, तर आंतक यति धेरै मच्चिएको छ कि सर्ने वित्तिकै सबै मर्छन भन्ने धारणा सर्ब साधारणमा परेको छ ।

यतिनै संख्यामा कडा इन्फ्रलुयन्जा वा कडा रुघा लागे पनि पनि मान्छेहरु मर्न सक्छन् यदि रोग संग लड्ने क्षमता छैन भने । त्यसैले संक्रमणबाट मर्ने डर त्रासको आंतकको हौवा होइन, संक्रमणबाट वच्न र संक्रमण भएपछि संक्रमण जटिल वा कडा संक्रमण हुन नदिन वच्ने उपाय तर्फ ध्यान जानु आवश्यक भएको विज्ञहरुले वताईरहेका छन ।

चीनमा मान्छेहरुले जनावर पन्छिहरुको मासु खाने र पाल्ने भएकाले चमेरोबाट, सर्प र कूनै जनावरबाट केहि प्रतिशतमा सर्ने भनिएपनि अमेरिकाको कुनै राज्यका कतै नगएका स्थानिय वासिन्दामा पनि यो रोगको संक्रमण भेटिएकोले यसैवाट सर्छ भन्नै यकिन नभएको भन्ने अन्तर्वातामा एकजना चीनमा गएका चिकित्सकले वताईरहेको मैले सुने । चीनको वुहान राज्यमा वस्ने करोड भन्दा वढी मानिसहरु मध्य केहिमा चमेरो, सर्प वा जनावरबाट मान्छेमा सरेपछि, संक्रमण गर्ने भाईरस संक्रमित मान्छेहरुले मुक नाक नछोपी खोक्दा हाछियूँ गर्दा नजिकमा रहेको स्वस्थ मान्छेको मुख नाक, घाटी पुग्छ, पछि शास फेर्ने क्रममा फोक्सोमा पुगेर विस्तारै कडा संक्रमण हुने हुन्छ, थाहा नपाएर वा वेलैमा उपचार पाएन भने मान्छे मर्छ । मान्छेको बढी घनत्व भएको ठाउँमा एकबाट अर्को मान्छेमा सर्दा एकै पटक धेरै मान्छेहरुमा संक्रमण भएको र कमजोर क्षमता भएका ६० वर्ष नाघेका बुढाबुढीहरु र ५ देखि १५ वर्षका केटाकेटीहरु प्राय मरेको चिकित्सकले बताउनु भएको थियो । कोही कोही एकै पटक धेरै संख्यामा भाईरसले आक्रमण गरेर, भाईरसको लागि सुहाउने उचित वातावरण संग मिल्ने क्रियाकलापहरु खानपान गरेका कारणले पनि धेरै मान्छेहरु मरेको हुनसक्छ ।

यसको संक्रमणले गर्दा हुने लक्षणहरु एक्कासी १०२ भन्दा बढी ज्वरो आउने, रुघा लाग्ने, पानी जस्तो सिगान आउने, टाउको दुख्ने, पखाला लाग्ने, घाँटी दुख्ने, शास फेर्न कठिन हुने न्युमोनिया जस्तै पछि कडा रोग लागेर मर्ने हो । ज्वरो नघटने खालको हुन्छ । एक्कासी फोक्सोमा पुग्दैन । फोकसोमा पुग्न पनि केहि दिन समय लाग्न सक्छ र पुग्ने वित्तिकै कडा संक्रमण निमोनिया भईहाल्दैन, समय केहि दिन लाग्छ । त्यसैले बचावटमा बढी ध्यान दिने संक्रमण भईसकेपछि पनि तुरुन्तै चिकित्सक, अस्पताल गई वा संक्रमण प्रतिरोधक औषधिहरु र स्वस्थ क्रियाकलापहरु गर्ने हो भने हत्तपत मर्नु नपर्ने हुन्छ । चीनमा धेरै संक्रमित भएकाहरु उपचार पछि निको भएर फर्केका पनि छन् र ऐले पहिलेको जस्तो संक्रमण नफैलिएको रेडियोबाट सुनिन्छ र अन्र्तवातामा चिकित्सकले बताउनु भएको छ ।

संक्रमण ८० भन्दा बढी धेरै देशमा फैलिसकेको छ र रोग संग लडने क्षमता कमजोर चिनी रोग भएका, कमजोर दुब्ला साना केटाकेटीहरु, बुढावुढीहरु, चिनी रोग लागेका, दिर्घ लागेकाहरुको मृत्यु पनि भईरहेको छ । केहि वढी नै मात्रामा भाईरसले संक्रमण गरेका र संक्रमण भएर वास्ता नगर्नेहरु पनि मरिरहेका चिकित्सकहरुले बताइरहेका छन । यिनीहरुको विशेष स्याहार सुसार, रेखदेख गर्नु पर्छ ।

बचावटः
भिडभाड हुने ठाउँमा नजाने, गईहाले पनि कसैसंग हात नमिलाउने अंकमाल नगर्ने, बरु नमस्कार गर्ने, ३ मिmटको दुरीमा वस्ने, मास्क लगाएर जाने वा खतराजनक लागेमा सफा पकेट रुमालले मुखनाक छोप्ने, हात मुख, नाकमा, आखाँमा नलैजाने, धातुको सतहमा नछने, कूनै भिजेको वस्तु, कपडा नछुने, पानी झोलिलो पदार्थले नभिजिने, नरुझ्ने गरे ९९ प्रतिशत बच्न सकिन्छ भनि चिकित्सकहरुले भन्दै आईरहेका छन् । यस्तो अन्तर्वाता भारतिय टी.भि.च्यानलहरुले पनि दिईरहेको छ । कतै झुक्किएर कसैको थुकको छिटा मुख अनुहार परेको थाहा पाउने वित्तिकै बजारमा पाईने पुछने सानो पेपरहरु, अल्कोहल, स्पीरिटले भिजेको कपासले पुछ्ने गरिहाल्नु आवश्यक छ । संक्रमण होस नहोस् १०, १५ मिनेटको फरकमा तातो उमालिएको पानी घाँटी भिजाएर निल्ने गरिराखे पनि भाइरस पेटमा निलिने भएर पेटको एसिडले मर्ने सुझाव जापानका विज्ञहरुले फेसबुकमा बताइरहेका छन् ।

साथै रोगसंग लडने क्षमता बढाउन, प्राकृतिक योग चिकित्सा विधी कपालभाटी, अन्लोम विन्लोम, भाष्टिका, अन्य प्राणायाम, मिलाएर १५—३० मिनट गर्नु आवश्यक भएको रामदेव बाबाले बताउनु भएको छ । साथै अन्य योग, ब्यायामहरु गर्न सिकाउनु भएको छ । संक्रमण भईहालेको खण्डमा पनि घरमै गिलाोई, बेसार तुलसीको पत्ता राखेर उमालिएको पानी बराबर पिउने गरेपनि संक्रमण जटिल नहुने करो बताउनु भएको छ । खाना पनि पोषिलो खाने तर बढी चिसो पेय पदार्थहरु नपिउने, अजिनोमोथो, खराब चिल्लो भएको जन्कफुडहरु नखाने र सरसफाई स्वास्थ्य रहने क्रियाकलापहरु निरन्तरता दिनु पर्ने बताउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *