सामाजिक सञ्जाल, ‘विदेशी साथी’ र सचेतता

सम्पादकीय
प्रविधिको तिब्रतर विकास, सामाजिक सञ्जालहरुले विश्वलाई एक ‘ग्लोबल भिलेज’ बनाएको छ । पहिले पहिले मानिसहरुको बिचमा देश विदेशमा सञ्चार सम्पर्क हुन चिठी पत्रको सहारामा महिनौ लाग्नेमा अहिले क्षणभरमै सञ्चार हुन्छ । त्यो पनि आवाजमा कुराकानी मात्रै होइन, प्रत्यक्ष भिडियोमा अनुहार हेराहेर गरेर नै संवाद हुन्छ । जसले लामो भौतिक दुरीको खासै गुञ्जायस परिवारका सदस्य, श्रीमान श्रीमति, सन्तती र आफन्तहरुका बिचमा हुँदैन । तर, यस्तो आधुनिक प्रविधि र सामाजिक सञ्जालहरुले आम मानिसको जीवन दैनिकीमा सहजता मात्र होइन, कैयन खतरा र जटिलता पनि सँगै भित्रिएको छ । जसमा समयमै पूर्ववत सचेतता नअपनाउँदा ठगी र अप्रिय घटनाहरु समेत बेहोर्नु पर्ने अवस्था विद्यमान छ ।

पछिल्लो समय सामाजिक सामाजिक सञ्जालको प्रयोग मार्फत ठगी धन्दा बढ्दो छ । ह्वाट्स एप, भाइवरमा लाखौको चिठ्ठा परेको म्यासेज पठाउने र फोन आउने क्रम तिब्र छ । फेसवुक, इन्स्टाग्राममा नयाँ–नयाँ विदेशी युवतीहरुको नाम र फोटो सहित फ्रेण्ड रिक्वेस्ट आउने क्रम पनि बढ्दो छ । यसरी नक्कली आइडी खोलेर कुराकानी गर्ने र प्रेमजालमा पारेर महत्वपूर्ण कागजात र बैंक खाताको विवरण लिएर आपराधिक काम भइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ । उसले सामाजिक संजालमा जोडिएका अपरिचित ‘विदेशी साथी’लाई आफ्ना महत्वपूर्ण विवरण र कागजात नदिन सचेत पनि गराएको छ । ब्यूरोले विज्ञप्ति जारी गरेर भनेको छ, ‘अपरिचित नक्कली प्रेमीको अनुरोधमा आफ्नो नाममा अनलाइनल वालेटहरु तथा विभिन्न बैंकहरुमा खाता खोली अनलाईन बैंकिङको आइडी पासवर्ड उपलब्ध गराउने, एटिएम, कार्ड चेक बुक अन्य देशमा कुरियर गरी पठाउने र आफ्ना नागरिकता स्क्यान गरेर पठाउने र ओटिपी उपलब्ध गराउने काम गरेको पाइएको छ, यो सरासर ठगी धन्दा भएकाले त्यस्ता कार्यहरु नगरी कानूनी झन्झटमा पर्नबाट जोगिनुहुन अनुरोध छ ।’

नेपाली समाजमा एक पुराना चर्चित कथन छ, ‘लोभले लाभ, लाभले विलाप’ । अहिले नेपालका कैयन नागरिक सामाजिक सञ्जालहरुबाट चिठ्ठा, डलर, उपहार पाउने लोभ लालचमा विलापको अवस्थामा पुगिसकेका छन् । अहिले दैनिकजसो अपराध महाशाखा र प्रहरी कार्यालयहरुमा सामाजिक सञ्जालहरुको माध्यमबाट ठगिएको गुनासो र उजुरी आइरहन्छ । यस्तो उजुरी माथि कारबाही गर्न प्रविधि र काुननी हिसाबले निकै झन्झटिला र सकसपूर्ण छ । त्यसैले, सामाजिक सञ्जालहरुको प्रयोग गर्दा नै सचेततापूर्वक गर्ने पहिलो विकल्प उत्तम हो । आफु पनि सुरक्षित साथ सही ढंगले सामाजिक सञ्जालको प्रयोग गर्ने र अरुलाई पनि सोही अनुसार सुझाव दिने र सचेत बनाउने काम सबै सचेत नागरिकले गर्नुपर्छ । यदि ठगी भइहालेको अवस्थामा कुन देशबाट कसले ठगी धन्दा चलाउने नियतले कसरी चलाइरहेको छ भन्ने पत्ता लगाउन निकै कठिन छ । यसर्थ, केन्द्रीय अपराध तथा अनुसन्धान व्यूरोले यथेष्ट सचेतताका साथ सामाजिक सञ्जाल प्रयोग सचेत बनाएको छ । कुनै पनि व्यक्तिलाई यतिकै लाखौंको चिठ्ठा, उपहार कदापि आउँदैन । यस्तो भ्रममा कोही पनि नपरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *