बाँझो जग्गामा सदुपयोग गर्न सुख्खा फलफूलखेति


खेमराज गौतम, बागलुङ

बसाईरसाईका कारण खेतियोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोगको अभियान थालेको छ ।

बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियान संगै सुख्खा फलफूल खेतिगर्न नगरपालिकाले स्थानीयलाई प्रेरित गर्न थालेको हो । बागलुङ नगरपालिकाका–१४ वडाहरुमध्ये धेरै बाँझो जग्गा बढ्न थालेको तित्याङ, मालिका, सिगाना र रायडाँडाका गाउँमा ओखर र किबी खेति गर्न थालिएको छ ।

गाउँबस्तीमा बसाई सराई तथा जनशक्ति अभावसंगै खेतियोग्य जमिनहरु बाँझिदै आएपछि बाँझो जग्गामा उम्रेका अनावश्यक रुख तथा झाडी हटाएर ओखर र किबी खेती गर्न थालिएको छ ।

बागलुङ नगरपालिका–९ तितङमा दुई वर्षदेखि फलफूल प्रर्बद्धनात्क कार्यक्रम गर्दै आएको नगरपालिकाले यस वर्ष ओखर खेतिगर्न थालेको हो ।

बागलुङ नगरापलिकाले तित्याङको ४२ रोपनी खेतियोग्य जग्गामा ओखर खेति गर्नका लागि २५० विरुवा लगाइसकेको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले तित्याङमा ४२ रोपनी जग्गामा ओखर खेति थालेपनि सिगाना, मालिका र रायडाँडामा गरी १५० रोपनी जग्गामा पहिलो चरणमा ओखर खेति थालेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“पहिलो चरणमा ओखरखेति गरेको नगरपालिकाले दोस्रो चरणमा किबीखेतिका लागि स्थानीयलाई बिरुवा बितरण गर्ने योजनामा नगरपालिका रहेको छ” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “मुखय उदेशय बाँझो जग्गा सदुपयोग संगै सथानीयलाई आय आय आर्जनमा जोड्ने नगरपालिकाको मुख्य उदेश्य हो ।”

चालु आर्थिक वर्षमा रु. २० लाख ४० हजार बजेट मध्ये सुख्खा फलफुल खेति तर्फ ओखर र किबी खेति बिस्तार गर्न थालिएको बागलुङ नगरपालिकाका आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार तित्याङ, मालिकाको धुरी र सिगानाको एक हजार ५०० भन्दा बढी उचाईमा ओखर र किबी खेति लगाउन थालिएको हो । पहिलो चरणमा ओखर खेति गरेको नगरपालिकाले किबी खेति गर्नका लागि किबीका बिरुवा ल्याउन पठाइएको छ ।

सिचाईको अभाव रहेको र बाँझो जग्गामा सख्खा फलफुल खेति राम्रो हुनेभएकाले कुकाठ हटाउदै, बाँझो जग्गा सदुपयोग गर्दै सुख्खा फलफूल खेति गर्न थालिएको बागलुङ नगरपालिकाका कृषि प्राविधिक राहुल केसीले बताउनुभयो ।

“अहिले जग्गा बाँझिदै गएको छ, बाँझो जग्गामा पुन खाद्यबाली लगाउन समस्या छ, उब्जानी थोरै हुनेभएपछि किसान खाद्यबालीमा आर्कषित छैनन्” केसीले भन्नुभयो “खेतियोग्य जग्गामा क्रमश अनावश्यक रुख बिरुवा उम्रेका कारण नगरले हटाएर सुख्खा फलफुल लगाउन थालेको हो, जस्ले स्स्थानीयहरुलाई गाउँमै टिकाएर बसाईसराईमा कम गराउन सक्छ ।”

फलफूल प्रर्बद्धन तथा सुख्खा फलफुल खेति विस्तार अभियान अन्र्तगत ७० प्रतिशत नयाँ बिरुवा लगाउने र ३० प्रतिशत पुरानो बगैचा व्यवस्थापन गर्न सकिने केसीको भनाई छ । बागलुङ नगरपालिकाले यस वर्ष लगाउने एक हजार ५०० बिरुवा मध्ये २५० बिरुवो लुम्बिनी वल्र्ड पिस फोरमले सहयोग समेत गरेको हो । तित्याङमा २५० ओखरका बिरुवा लगाइएको छ भने मालिकामा ५०० ओखरका विरुवा लगाउन पठाइएको छ ।

ओखरका विरुवा सुख्खा फलफुल विकास केन्द्र बैतडी बाट ल्याइएको केसीको भनाई छ । सुख्खा फलफूल खेति अभियान प्रत्येक वडामा क्रमश लागु हुने नगरपालिकाले जनाएको छ ।

प्रत्येक वडाको भूगोल र हावापानी सुहाउँदो फलफुलका बिरुवा रोप्ने कार्यक्रम अन्र्तगत समुन्द्र सतहदेखि एक हजार ५०० मिटर भन्दा माथिल्लो भागमा सुख्खा फलफुल खेति गर्न थालिएको छ ।

नगरले पहिलो चरणमा ओखर र किवि खेतीलाई प्राथमिकता दिएको छ । आयआर्जनको सम्भावना भएकोले र किसानको आर्थिक जिवन सुधार गर्ने लक्ष्यसहित सुख्खा फलफुल खेति अभियान थालिएको हो । ओखरले पाँच वर्षमा उत्पादन दिन थाल्ने कृषि प्राविधकिहरु बताउछन् ।

ओखर एक यस्तो फल हो, जसमा प्रोटिन, एन्टिओक्सिडेन्ट, भिटामिन, खनिज पर्याप्त मात्रामा पाईन्छ । विशेषगरी ओखरमा ओमेगा फ्याटि एसिड हुन्छ जसले मस्तिष्कको गतिविधिलाई तेज बनाउन मद्दत गर्दछ । ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्नुका साथै ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *