विद्यामन्दिर माध्यामिक विद्यालयको ८३ औँ वर्षिकोत्सव सुरु

आदर्श अनलाइन, बागलुङ
विद्यामन्दिर माध्यामिक विद्यालय बागलुङले आफ्नो ८३ औं वर्षिकोत्सव सप्ताहव्यापी रुपमा मनाउन सुरु गरेको छ ।

बिहीबारबाट विभिन्न कार्यक्रम गरेर विद्यालयको वर्षिकोत्सव मनाउन सुरु गरिएको विद्यालयका शिक्षक थानेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार पहिलो दिन चम्चा दौड प्रतियोगिता, भित्र बाहिर, बुद्धिचाल प्रतियोगिता, तातो आलु, सुपर मेमोरी, हस्तलेखन प्रतियोगिता लगाएतका कार्यक्रम सम्पन्न भएका छन् ।
त्यसैगरी बिहीबारबाट छात्र छात्रा भलिवल प्रतियोगिता सुरुवात भएको छ ।

वर्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बाबुलाल शाक्यले विद्यार्थीलाई पठन पाठनसँगै अतिरिक्त क्रियाकलापमा समेत अग्रसर बनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँका अनुसार सप्ताहव्यापी कार्यक्रममा अन्तर विद्यालय स्तरिय विज्ञान पर्दशनी, आन्तरिक र बाह्य सामुहिक नित्य प्रतियोगिता र हाजिरजवाफ प्रतियोगिताको आयोजना गरिने जानकारी दिनुभयो । वार्षिकउत्सवको मुल समारोह फागुन २ गते सरस्वती पुजाका दिन हुने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *