स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा बडिगाड पहिलो

आदर्श अनलाइन, बागलुङ
स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा बागलुङको बडिगाड गाउँपालिका पहिलो पालिका बनेका छ । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को नतिजामा बडिगाड गाउँपालिका पहिलो बनेको हो ।

यस गाउँपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन १७, कार्यान्वयन क्षमता व्यवस्थापनमा २४, लेखाङ्कन प्रतिवेदनमा १५, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षणमा ९ र राजस्व व्यवस्थापनमा १० अंक गरि ७५ अंक प्राप्त गरेको छ ।

बरेङगाउँपालिका दोस्रो बनेको छ । यस गाउँपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन १७.५, कार्यान्वयन क्षमता व्यवस्थापनमा २२, लेखाङ्कन प्रतिवेदनमा ११, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षणमा ९ र राजस्व व्यवस्थापनमा १०.५ अंक गरि ७० अंक प्राप्त गरेको छ ।

तेस्रो स्थानमा जैमिनी नगरपालिका छ । जैमिनी नगरपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन १६, कार्यान्वयन क्षमता व्यवस्थापनमा २२, लेखाङ्कन प्रतिवेदनमा १२, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षणमा ९ र राजस्व व्यवस्थापनमा १०.५ अंक गरि ६९.५ अंक प्राप्त गरेको छ ।

चौथो नम्बरमा काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिका रहेका छन् । काठेखोला गाउँपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन १४.५, कार्यान्वयन क्षमता व्यवस्थापनमा २१, लेखाङ्कन प्रतिवेदनमा १५, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षणमा ९ र राजस्व व्यवस्थापनमा ५.५ अंक गरि ६८५ अंक प्राप्त गरेको छ भने ताराखोला गाउँपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यस्थापनमा १६, कार्यान्वयन क्षमता व्यवस्थापनमा २०.५, लेखाङ्कन प्रतिवेदनमा १२, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षणमा ६.५ र राजस्व व्यवस्थापनमा १३ अंक गरि ६८५ अंक प्राप्त गरेको छ ।

पाँचौ नम्बरमा बागलुङ नगरपालिका रहेको छ । यस नगरपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यस्थापनमा १८.५, कार्यान्वयन क्षमता व्यवस्थापनमा २१.५, लेखाङ्कन प्रतिवेदनमा १०, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षणमा ७.५ र राजस्व व्यवस्थापनमा ९.५ अंक गरि ६७ अंक प्राप्त गरेको छ ।

छैठौँ नम्बरमा तमानखोला गाउँपालिका रहेको छ । तमानखोलाले योजना, बजेट तथा कार्यक्रम व्यस्थापनमा १७, कार्यान्वयन क्षमता व्यवस्थापनमा २१.५, लेखाङ्कन प्रतिवेदनमा १३, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षणमा ५.५ र राजस्व व्यवस्थापनमा ९.५ अंक गरि ६६.५ अंक प्राप्त गरेको छ ।

सातौँ नम्बरमा गलकोट नगरपालिका रहेको छ । गलकोट नगरपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यस्थापनमा २०, कार्यान्वयन क्षमता व्यवस्थापनमा १९.५, लेखाङ्कन प्रतिवेदनमा १०, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षणमा ६.५ र राजस्व व्यवस्थापनमा १० अंक गरि ६६ अंक प्राप्त गरेको छ ।

आठौँ नम्बरमा निसीखोला गाउँपालिका रहेको छ । यस पालिकाले योजना, बजेट तथा कार्यक्रम व्यस्थापनमा १६, कार्यान्वयन क्षमता व्यवस्थापनमा १५, लेखाङ्कन प्रतिवेदनमा ८, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षणमा ३ र राजस्व व्यवस्थापनमा ९.५ अंक गरि ५१.५ अंक प्राप्त गरेको छ ।

सबैभन्दा अन्तिममा ढोरपाटन नगरपालिका रहेको छ । ढोरपाटन नगरपालिकाले नगरपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यस्थापनमा ११.५, कार्यान्वयन क्षमता व्यवस्थापनमा १६, लेखाङ्कन प्रतिवेदनमा ११, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षणमा ३ र राजस्व व्यवस्थापनमा ७.५ अंक गरि ६६ अंक प्राप्त गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *