सिटिजन्स बैंक बागलुङद्धारा मालिका स्थित श्रीकृष्ण आधारभुत बिद्यालयलाई न्यानो कपडा वितरण

रोहन जि.सी, बागलुङ

नेपाल सिटिजन्स बैकंको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाको आयोजनामा श्री कृष्ण आधारभुत बिद्यालय मालिका ५ बान्द्रेलाई न्यानो कपडा वितरण गरिएको छ ।

सिटिजन्स बैकंले सामाजिक उत्तर दायित्व अन्र्तगत सो बिद्यालयमा अध्यनरत बिपन्न वर्गका २५ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जगन्नाथ आचार्यले सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्व अन्र्र्तगत सामुदायिक बिद्यालयमा अध्यनरत बिपन्न बालबालिकका लाई पोशाक वितरण गरेर सर्हानिय कार्य गरेको बताउनुभयो ।

समाजलाई अगाडी बढाउनका लागि सबैले सक्दो सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने चर्र्चा गर्दै उहांले रेडक्रसका उपशाखा मध्य मालिका उपशाखाले सामाजिक सेवामा उत्कृष्ट भुमिका निर्वाह गरेको बताउनुभयो ।

सो अवसरमा बागलुङ नगरपालिका वडानम्वर ५ का अध्यक्ष हरिप्रसाद शर्मा, नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाका सभापति रेशमलाल सापकोटा, मालिका सेवा समाजका सचिव खडानन्द सापकोटा र बिद्यालयका प्रधानाध्यापक दयाराम सापकोटा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

देशभर १ सय ९० वटा शाखा रहेको सिटिजन्स बैकं लिमिटेडले १ सय ९२ वटा एटिएम र ९७ वटा शाखा रहित बैकिङ्ग ईकाईहरु बाट १७ लाख १६ हजार ग्राहकलाई आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

कार्यक्रम नेपाल सिटिजन्स बैकं गण्डकी प्रदेशका प्रमुख हरिप्रसाद अर्यालको अध्यक्षता, बागलुङ शाखा प्रबन्धक सञ्जय घिमिरेको स्वागत मन्तब्य र सिटिजन्स बैकंका कर्जा शाखा प्रमुख दिलबहादुर जिसीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *