स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा गलकोट पहिलो

आदर्श अनलाइन, बागलुङ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा गलकोट नगरपालिका पहिलो बनेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले प्रकाशन गरेको आर्थिक वर्ष २०७९/८० मा बागलुङमा गलकोट नगरपालिका पहिले बनेको हो ।

गलकोट नगरपालिकाले शासकीय प्रबन्धमा ९, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १५.७५, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वधारमा ७.५, सामाजिक समावेशीकरणमा ७.७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.५ र सहकार्य र समन्वयमा ५.७५ गरि कुल ८६.२५ प्रतिशत अंक पाएको छ ।

दोस्रो भएको बरेङ गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १०.७५, सेवा प्रवाहमा १४, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वधारमा १०, सामाजिक समावेशीकरणमा ८, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ४.५ र सहकार्य र समन्वयमा ५ गरि कुल ८४.७५ प्रतिशत अंक पाएको छ ।

तेस्रो हुने बागलुङ नगरपालिकाले शासकीय प्रबन्धमा ९, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९.५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ८.५, सेवा प्रवाहमा १५, न्यायिक कार्य सम्पादनमा ६.५, भौतिक पूर्वधारमा ९.७५, सामाजिक समावेशीकरणमा ७.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७.५ र सहकार्य र समन्वयमा ३.५ गरि कुल ८३.७५ प्रतिशत अंक पाएको छ ।

चौठो नम्बरमा जैमिनी नगरपालिका आएको छ । यस नगरपालिकाले शासकीय प्रबन्धमा ८.५, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९.५, सेवा प्रवाहमा १४.५, न्यायिक कार्य सम्पादनमा ६.५, भौतिक पूर्वधारमा १०.५, सामाजिक समावेशीकरणमा ८, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ४.५ र सहकार्य र समन्वयमा ४ गरि कुल ८२ प्रतिशत अंक पाएको छ ।

पाचौँ स्थानमा निसीखोला गाउँपालिका रहेको छ । निसीखोला गाउँपालिकाले शासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ६.७५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९.५, सेवा प्रवाहमा १२.७५, न्यायिक कार्य सम्पादनमा ६.५, भौतिक पूर्वधारमा ६.७५, सामाजिक समावेशीकरणमा ७.२५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ४ र सहकार्य र समन्वयमा ४.२५ गरि कुल ७४.७५ प्रतिशत अंक पाएको छ ।

बडिगाड गाउँपालिका छैठौँ नम्बरमा रहेको छ । यस गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५, संगठन तथा प्रशासनमा ६, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ८.५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १०, सेवा प्रवाहमा १३, न्यायिक कार्य सम्पादनमा ६, भौतिक पूर्वधारमा ६, सामाजिक समावेशीकरणमा ७, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ३.५ र सहकार्य र समन्वयमा ५ गरि कुल ७३.५ प्रतिशत अंक पाएको छ ।

सातौँ स्थानमा रहेको छ ताराखोला गाउँपालिका । ताराखोला गाउँपालिकाले शासकीय प्रबन्धमा ७.५, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९.५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १०.५, सेवा प्रवाहमा १४.५, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वधारमा १.५, सामाजिक समावेशीकरणमा ७.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ४ र सहकार्य र समन्वयमा २.५ गरि कुल ७२.५ प्रतिशत अंक पाएको छ ।

तमानखोला गाउँपालिका आठौँ स्थानमा रहेको छ । यस गाउँपालिकाले शासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ८.५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ८, सेवा प्रवाहमा ११.७५, न्यायिक कार्य सम्पादनमा ६, भौतिक पूर्वधारमा ६, सामाजिक समावेशीकरणमा ६.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५ र सहकार्य र समन्वयमा ३ गरि कुल ६९.७५ प्रतिशत अंक पाएको छ ।

नवौँ स्थानमा काठेखोला गाउँपालिका रहेको छ । काठेखोलाले शासकीय प्रबन्धमा ७.५, संगठन तथा प्रशासनमा ६.५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ७, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९, सेवा प्रवाहमा ११.७५, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वधारमा ७, सामाजिक समावेशीकरणमा ६.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ३ र सहकार्य र समन्वयमा २.५ गरि कुल ६७.७५ प्रतिशत अंक पाएको छ ।

ढोरपाटन नगरपालिका अन्तिम दश स्थानमा छ । यस पालिकाले शासकीय प्रबन्धमा ७, संगठन तथा प्रशासनमा ७.५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ६.५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ८, सेवा प्रवाहमा १०.७५, न्यायिक कार्य सम्पादनमा २, भौतिक पूर्वधारमा ६.५, सामाजिक समावेशीकरणमा ४.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६.५ र सहकार्य र समन्वयमा ४ गरि कुल ६३.७५ प्रतिशत अंक पाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *