१० हजार सडक मानवको उद्दार


खेमराज गौतम, बागलुङ
हाल सम्म नेपालभर १० हजार सहयोेगापेक्षी सडक मानवहरुको उद्दार गरेको मानव सेवा आश्रमले उद्दार संगै सचेतनामुलक कार्यक्रमलाई समेत तिब्रता दिन थालेको छ । मानव सेवा आश्रमले सञ्चालन गरेको सडक मानव मुक्त अभियानलाई सफल बनाउनका लागि उद्दार संगै सचेतना अभियान गर्न थालिएको छ ।

दुई पटक सम्म मेची महाकाली उद्दार अभियान सम्पन्न गरिसकेको मानव सेवा आश्रमले पछिल्लो समय आमा बाबाको महत्व जगाउदै सडक मानव मुक्त अभिायनलाई तिब्रता दिएको छ । आमा बाबाको महत्व बोध गराउन सके सडकमा धेरै बा–आमाहरु जानु नपर्ने भन्दै उद्दार संगै सचेतनाको काममा मानव सेवा आश्रम लागिरहेको छ ।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफुलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन–जनमा, मन–मनमा पु¥याउने उद्देश्यले जिल्ला जिल्लामा आमा सेमिनार गर्दै हिडेको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

जिल्ला जिल्लामा आमा सेमिनार गर्ने शिलशिलामा अहिले मानव सेवा आश्रम देश दौडाहमा छ । आमा सेमिनार कार्यक्रममा उपस्थित दर्शकहरुलाई सडक मानवको उद्दार, उपचार, पुर्नमिलन, मेची महाकाली यात्रकाको विषय समेटिएको वृत्तचित्र प्रदर्शन गर्दे हिडेको अधिकारीको भनाई छ ।
उक्त वृत्तचित्रहेरेपछि प्रशिक्षण कार्यक्रममा रामजी अधिकारीले आमा बाबु पहिलो इश्वर रहेको भन्दै बाबा आमाको महत्व झल्काउने गरी, योग, सधाना र ध्यान समेत गराउनुभएको थियो ।

आमा सेमिनार सकिदा कसैको पनि आखा आभानो नदेखिएको पाइएको छ । आमा र बाबालाई सम्झेर सबै छोराछोरी रोएको सेमिनारको दृश्यले सबैलाई भावुक बनाएको थियो । अध्यक्ष अधिकारीले आफूलाई छोराछोरीको बाबा आमा भन्दा बाबा आमाको छोराछोरीका रुपमा आफूलाई दिन आग्रह गर्नुभयो ।

“उद्दारले मात्रै सडक मानव मुक्त नेपाल हुन कठिन छ, सचेतना जगाउनुपर्ने अर्को काम हो, जब सम्म छोराछोरीले म पनि कसैको छोरा छोरी हो भनेर सम्झदैनन् तब सम्म सडकमा मानव भेटिरहन्छन्, एक जिल्लाबाट अर्को जिल्लामा लगेर आमा बाबालाई छोड्ने मनोरोगीलाई जंगलमा लगेर छोड्ने कार्य रोक्न सेचतना आवश्यक छ” अधिकारीले भन्नुभयो “आमा सेमिनार कार्यक्रमले आमा बाबाको महत्व बोध गराउने प्रेम र सद्भाव र करुणालाई जनमानसमा पु¥याउने उदेश्य आमा सेमिनार हो ।”
समाजमा सकारात्मक रुपान्तरणका लागि मानव सेवा आश्रमको अभियान र मानवीय कर्ममा जुटेकाहरुको प्रयासले मानवता प्रर्बद्धनमा टेवा पु¥याउने आश्रमको लक्ष्य रहेको छ ।

मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष अधिकारीका अनुसार मानव सेवा आश्रम स्थापनाभएदेखि हाल सम्म १० हजार सडक मानवहरुको उद्दार गरिएको बताउदै २०८२ मा सडक मानव मुक्त अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

हाल १९ जिल्लाका २४ सेवा केन्द्र मार्फत ७७ जिल्लाबाटै सडक मानवहरुको उद्दार, उपचार, हेरचाह र पुर्नमिलन गर्दै आएको आश्रममा हाल एक हजार ८०० आश्रीत रहेका छन् । मातृत्व र मातृभूमि प्रतिको दायित्ववोध गराउन मानवसेवा आश्रमले जिल्ला जिल्लामा स्थानीय संघ संस्थाको साझेदारीमा आमा सेमिनार गरि मानवता, राष्ट्रियता, परोपकार र आफूलाई जन्मदिने माता पिता र मातृभूमिप्रतिको महत्वबोध गराउदै आएकोमा बागलुङमा बागलुङ उद्योग वाणिज्य संघ बागलुङले सहकार्य गरी आमा सेमिनार सम्पन्न गरेको अध्यक्ष नरेश कंडेलले जानकारी दिनुभयो ।

परिवारबाट अपहेलित हुनुपर्दा अहिले कतिपय बुबाआमा सडक पेटीमा पुग्नुपरेको, घरभित्रै खुम्चिएर बस्नु परेको र कतिपयले आत्महत्याको प्रयास समेत गरेको सत्य घटनाहरु अधिकारीले आफ्नो प्रस्तुतीको क्रममा सुनाउँदै आमा बुबा प्रतिको स्नेह र सम्मानको महत्व दर्शाउनका लागि आमा सेमिनार महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

२०६९ सालमा हेटौडामा स्थापना भएको मानव सेवा आश्रमले जिल्ला जिल्लामा शाखा स्थापना गर्दै सेवा सञ्चालन गर्दै आएको छ ।

बागलुङ शाखा २०७३ सालमा स्थापना भएपनि हाल आफ्नै भवन समेत निर्माणधीन अवस्थामा रहेको मानव सेवा आश्रम बागलुङ शाखाका संयोजक विपना तामाङले बताउनुभयो ।

तामाङका अनुसार विद्यार्थीलाईनै आमा बाबा प्रतिको माया र सम्मान जगाउनका लागि विद्यार्थी केन्द्रित सचेतना कार्यक्रम सेमत संगै गरिदै आइएको छ ।

उद्दार भन्दा घरबाटै मानवहरु अपेहेलित भएर सडकमै आउन नदिन सचेतनामूलक कार्यक्रमलाई समेत आश्रमले तिब्रता दिन थालिएको तामाङले बताउनुभयो । हाल बागलुङ शाखामा ५५ जना सहयोगापेक्षि मानव आश्रीत रहेका छन् ।

सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोेगापेक्षी (बेसहारा, असहाय, अशक्त, अनाथ, शारीरिक तथा मानसिकरूपमा कमजोर मानव)मुक्त राष्ट्र नेपाल निर्माण, घोषणा र त्यसको कार्यान्वयनको लक्ष्य मानवसेवा आश्रमले तय गरेको छ । सहयोगापेक्षीहरुको उद्दार, उपचार, पालनपोषण एवं सम्भव भएकाहरुको पारिवारिक पुनर्मिलन लगायत कार्य गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *