अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिरलाई

रोहन जि.सी, बागलुङ

बागलुङमा विद्यार्थीहरुको क्षमता अभिृद्धिका लागि अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । न्यू ओएसिस एकेडेमी बागलुङको आयोजनामा सोमबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै न्यू ओएसिस एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा कुँवरले अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताले बालबालिकाहरुलाई प्रतिभा प्रस्फुटनको साथै एक अर्का विद्यालयको अवलोकन गर्ने अवसर सिर्जना गरेको बताउनुभयो ।

उहाँले यस प्रकारका कार्यक्रमलाई नियमित रुपमा एकअर्का विद्यालयमा आयोजना गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

माध्यमिक तह स्तरिय हाजिरीजवाफ प्रतियोगितामा बागलुङका १६ वटा विद्यालयको सहभागिता रहेको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा आदर्श विद्यामन्दिर मा.वि प्रथम, चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल द्धितिय र न्यू ओएसिस एकेडेमी तृतिय स्थान हासिल गरेका छन ।

अन्तर विद्यालय स्तरिय अतिरीक्त क्रियाकलापले एक अर्का विद्यालयका वाल क्लवका बालबालिकाहरु विचको सम्वन्ध आदानप्रदान तथा क्षमता अभिवृद्धिका लागि अन्तरविद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको शिक्षक शिव के.सीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथमलाई पुरस्कार नगद रू. ६,०००, ट्रफी, मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद रु. ४,५००, ट्रफी, मेडल र प्रमाण पत्र र तृतिय पुरस्कार नगद रू. ३,०००, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

हाजिरीजवाफमा विश्वको भुगोल, नेपालको भुगोल र संघिय संरचना, धर्म संस्कृति, विज्ञान प्रविधी, खेलकुद, समसामयिक, यापिड फायर र सम्बन्धित तहको पाठ्यपुस्तकमा आधारित गरी जम्मा ८ विधाका प्रश्नहरू सोधिएको थियो ।

प्रतियोगिता न्यू ओएसिस एकेडेमीका प्रधानध्यापक नेत्रलाल न्यौपानेको अध्यक्षता, cशिक्षक सुवास के.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *