सरोकारवालाको सहयोगमा ट्राफिक व्यवस्थापनमा लाग्छु : निउरे


आदर्श अनलाइन, बागलुङ

जिल्ला ट्राफिक कार्यालय बागलुङको प्रमुखमा सुमन निउरे आउनुभएको छ । हालैमात्र सरुवा भई बागलुङ आउनुभएका निउरेले सबैको सहयोगमा ट्राफिक व्यवस्थापन गर्ने बताउनुभएको छ । निउरेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणलाई आफ्नो कार्यकालमा सबैसंग समन्वय गरेर अगाढी बढाउने बताउनभएको छ ।

स्थानीय तह, पत्रकार र अन्य सरोकारवालाहरुको सहयोग र सहकार्यमा मात्रै ट्राफिक व्यवस्थापन संभव रहेको जानकारी दिनुभयो ।

कास्कीबाट बागलुङ सरुवा भई आउनु भएका निउरेले पत्रकारहरुसंगको अन्तक्रिया कार्यक्रममा बागलुङ जिल्लाको मुख्य चुनौति भनेको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण भएकोले त्यसैमा केन्द्रित भएर काम गर्ने बताउनुभयो ।

ट्राफिक नियमको पूर्ण पालना गराउने कुरामा केही व्यवस्थापन गर्न सकिए मात्रै दुर्घटना न्युनिकरणमा सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने भएकाले आफु त्यसैमा केन्द्रित हुने उहाँको भनाई थियो ।

पत्रकारहरुको राय सुझाव लिँदै निउरेले स्थानीय पालिकाहरुसंगको समन्वयमा विभिन्न कार्ययोजना निर्माण गरी ट्राफिक सचेतना, ट्राफिक संकेत, सवारी साधन, रातो नम्बरको पिकअप र अटो रिक्सा व्यवस्थापनमा नियमन र कडाई गर्ने बताउनुभयो ।

कार्यक्रममा उपस्थित पत्रकारहरुले ट्राफिक नियमको पूर्णपालना र पूर्वाधारको कुरामा केही व्यवस्थापन गर्न सकिए मात्रै पनि धेरै सहज हुने सु्झाव दिएका थिए । पत्रकारहरुले जिल्लाको ट्राफिक व्यवस्थानमा भइरहेको समस्या, सरकारी कार्यालयमै पार्कीङ सुविधा नहुँने लगायतका विषयमा जिज्ञासा राखनुभएको थियो । पत्रकारले अहिले हुने गरेको ट्राफिक जामले धेरैलाई समस्यामा पारेको बताउदै क्रमश सुधार गर्न आग्रह गरेका थिए ।

ट्राफिक व्यवस्थापनलाई कडाई गर्नुपर्नेमा भन्दै ट्राफिकको विषयमा उठ्ने टिका टिप्पणीलाई सुल्झाउन आवश्यक रहेको बताइएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागलुङका सह–सचिव तारानाथ आचार्य, कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’पत्रकार संगम घर्ती मगर, डम्मर बुढा मगर लगायत विभिन्न संचारमाध्यमा कार्यरत पत्रकारहरुले आ–आफ्नो धारणा तथा सुझाव राखनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *