पूर्व मुख्यमन्त्रीसँगको फोटो सेसन प्रकरणको पर्दाफास

याम बहादुर थापा मगर
फोटो खिच्ने जाँगरमा अभ्यास
फोटो खिच्ने रहर जाँगर मलाई नौलो स्थान र परिवेशमा जादा सम्झनाका लागि आफुसँग भएको मोबाइल मार्फत खिच्न मन लाग्दछ । खासमा मसँग उच्च गुणस्तरीय खालको क्यामेरा र मोबाइल छैन । गुणस्तरीय फोटो खिच्नका लागि नभए पनि एन्ड्रोएड मोबाइल फोन दैनिक जीवनयापनमा गुजाराको रुपमा चलाएको छु । मैले अधिकांश उच्च पदस्थ कर्मचारी र राजनीतिक तथा कलाकारसँग भन्दा पनि नयाँ र नौलो पर्यटकीय स्थलहरुमा भ्रमण गर्दाको फोटो बढी मात्रा खिचेर फेसबुक लगायतका सामाजिक सन्जालमा सम्झनाको लागि अपलोड गरेको छु । मौका र चौका मिलेमा उच्च पदस्थ राजनीतिक नेता महोदय, कर्मचारी र कलाकारहरुसँग भाइरल हुनका लागि फोटो खिचे पनि सो अनुरुप भाइरल नभएको तितो अनुभव रहेको छ । फोटो खिच्ने कला र शिप गहिरोसँग नभएर हो कि कुनै स्थान र परिवेश भ्रमण गर्दा अत्यधिक राम्रो भए पनि फोटोहरु राम्रो नआएको अनुभव मसँग प्रशस्त मात्रामा रहेको छ । विभिन्न स्थानहरुमा हुने अधिकांश फोटो सेशनहरुमा भरसक समय मिलेमा हेरेर मज्जा लिने गरेको छु । आहा यति राम्रो फोटो खिचेको भनेर रमाउँदै मैले पनि त्यस्तै फोटो खिच्न पाए हुन्थ्यो भनेर मनमा योजना बुन्ने गरेको छु । तर त्यसरी कहिल्ःयै पनि राम्रो फोटो खिचेर फोटो प्रर्दशनीमा राख्न सफल नभएको अनुभव छ । जानी नजानी फोटो खिच्ने जाँगर लाग्ने मलाई सम्झना योग्य बनाउनको लागि म नगएको नयाँ र नौलो स्थानको फोटो खिच्नु मेरो लागि जाँगरको विषय र नजानिदो किसिमले मनको भावना उर्लेर आएको आभासलाई र्साथकता प्रदान गर्न रहर लाग्दछ । तर फोटो खिच्ने कामसँगै स्थानीय कला,सस्कृति, परम्परा, ऐतिहासिक महत्वका विषयहरुमा जानकारी लिने काममा धेरै पछि परेको अनुभव छ । त्यसैले फोटो खिच्न मलाई पनि लाग्दछ तर श्रोत साधनको अभाव, समयको बाध्यता र साथीसंगीको रुचिमा अनभिज्ञता प्रकटले निरन्तरताले सार्थकता पाउन नसकेको अवस्था छ । खाली समयमा युटुवमा थुप्रै प्रसिद्ध स्थलहरुको भिडियो हेर्दा तुरुन्तै जाउँ जाउँ लाग्दछ तर सपना र आशाहरु पुरा हुन सकिरहेको छैन । पुर्व मुख्यमन्त्री गण्डकी प्रदेश सरकारका पृथ्वी सब्बा गुरुङ तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका उप महासचिव संगको फोटो सेशन गर्ने चाहना र इच्छा पुरा गर्न मलाई बहुत गाह्रो महसुस भयो । मलाई लाग्दछ कि जाबो एक पोज फोटो खिच्न पनि लथारो र झन्झट ब्यहोर्नु पर्दछ भने उनीहरुबाट काम,सेवा लिनका लागि कति तह र तप्काका हण्डर खानुपर्ने होला भन्ने लागेर आलेख तयार भएको हो । कुनै जागिर माग्नका लागि थिएन । कुनै स्थानका लागि विकास निर्माण गर्न बहुबर्षिय योजनाका लागि बजेटको माग गर्न पनि थिएन । खाली आफुले भोट दिने पार्टीका नेता तथा पुर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको आडमा बसेर फोटो खिचेर सम्झना स्वरुप फेसबुकको भित्तामा टाँसेर मख्ख पर्नका लागि थियो । सो प्रकरण मेरा लागि कसरी जुट्यो भन्ने जानकारी पर्दाफास गर्नका लागि प्रयास गरिएको छ । भोलिका दिनहरुमा अरु थुप्रै नेतागणले फोटो खिच्न चाहने महानुभावहरुलाई अपहेलना नगरुन भन्नका लागि सुझाव दिनका लागि सानो प्रयास स्वरुपको आलेख मात्र हो ।

जिउँदोमा नै इतिहासको अवसान हुँदाको पीडा
म त्यति उचाई नाप्ने सस्थाहरु आबद्ध भन्दा पनि आधारभुत जीवनशैली यापन गरेर ग्रामिण परिवेशमा हुर्केको मानिस हो । विद्यालय शिक्षा देखि उच्च शिक्षा हासिल गर्नका लागि सघर्ष गर्दा विद्यार्थाी कालमा अनेरास्ववियु जिल्ला बागलुङको उपाध्यक्ष सम्म पुगेको थिए । तकालिन महेन्द्र बहुमुखी क्याम्पस बागलुङ हाल धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियनको सचिव पदमा सर्वाधिक मत प्राप्त गरेर निर्वाचित भए । विद्यार्थी आन्दोलनसँगै मलाई पत्रकारिता र लेखन साहित्यमा बढी रुचि लागेर गोष्ठी,सेमिनारमा भाग लिने गर्दथे । अनेरास्ववियुको राजनीतिमा अगाडि बढ्ने अवसरमा रोकावट भएपछि प्रेस चौतारी नेपाल बागलुङको अध्यक्ष र बुटवलमा भएको राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्य समेत भए । यहि क्रममा राष्ट्रिय समाचार समिति धौलागिरी अञ्चल कार्यालय बागलुङको प्रमुख भए । सोही समयमा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिति काठमाडौको महासचिवमा समेत निर्वाचित भई आन्दोलनमा समाहित हुने गरेको थिए । प्रेस चौतारी नेपालमा कामकाज गर्दा दुई कार्यकाल नेपाल पत्रकार महासंघ शाखा, बागलुङको केन्द्रिय सभासद समेत भएको अनुभव छ । जिवनचक्रको यात्रा अगाडी वढदै जाँदा नेकपा एमालेको इलाका तहसम्मको नेतृत्व गरेको थिए । यि यावत घटनाक्रम विकसित हुदै गर्दा उच्च शिक्षा र पढाइलाई पुरा गर्न सकिएन । पछि निजामति सेवामा प्रवेश गरेपछि प्राइभेटबाट पास गरे । लोक सेवा आयोगको परिक्षा दिनको लागि साथीहरुको सुझाव र गाउँ घरमा भएका उच्च पदस्थ कर्मचारीहरुको सम्पर्क तथा समन्वयमा निजामति सेवामा आरक्षणको व्यवस्थाले झुकाव बढयो । माथि उल्लेख गरिएका विवरण सक्षिप्तमा उल्लेख गरेपनि सबैलाई जानकारी नहुन पनि सक्दछ । म त सस्थागत निर्णयमा विश्वास गर्ने मान्छे सोही बमोजिम जानकारी लिने गर्दछु । कुनै विषय बस्तु स्ववकालत गर्ने विषय पनि नहुन सक्दछ । मेरो अनुभवलाई र लगानीको प्रतिफुल अनुसार हात लागेको मनुवा पनि होइनन । मलाई आत्मदेखि नै तितो महसुस भएको विषय भनेको आफुले मताधिकार गर्ने र आस्थाको केन्द्र भएको पार्टीको नेता महोदयसँग फोटो खिच्ने हुटहुटी जाँगे पछि नाना भाटीका श्रेणीगत अल्झने कुराले मलाई उदेक लागेर आयो । फोटो खिच्ने हैसियत नभए हो कि फरक पार्टीमा आस्था राख्ने मान्छे भएर पनि होइन । इतिहास त सबैको मरेपछि खोजतलास गर्ने परिपाटी छ । म मरेर इतिहास बनाउने र लेखाउने फरक कुरा हो । जिउँदो अवस्थामा नै मान मर्दनको उपज फोटो सेशन कार्यमा सामान्य घटना नहुन सक्दछ । तर भोलिका दिनमा सबैेले विगतमा गरिएको योगदानको चर्चा र परिचर्चा होओस । जिउँदै इतिहासलाई अवसान गर्ने काम नहोस भन्नका लागि खबरदारी स्वरुप लेख लेख्ने जाँगर बढेर आएको हो ।

मुख्यमन्त्रीसँगको साइनो, नाता र चिनजान
पूर्वमुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङसग पारिवारिक साइनो छैन । राजनीतिक विचारका आधारमा पार्टी सन्जालले साइनो जोडिएको हो । पार्टी हिसावले नाता भए पनि प्रत्यक्ष दोहोरो चिनजान समेत नभएको अवस्था छ । उहाँका वैचारिक भाषण सुन्ने बाहेक एकोहोरो मैले मात्र चिन्ने तर पुर्व मुख्यमन्त्री पृथ्वी गुरुङले नचिन्ने परिपाटी चलिरहेको थियो । खासै व्यक्तिगत र पारिवारिक लाभ लिनका लागि कसरत नगरेको अवस्था थियो । नजिकबाट चिनजान हुनु पर्ने चाहना भए पनि सम्पर्क, सन्जाल र पार्टी कार्यक्रमको मेसो मिलिरहेको थिएन । रोजगारीको शिलशिलामा म पृथ्वी सुब्बा गुरुङको गृह जिल्ला लमजुङमा काम गर्न जाने अवसर मिल्यो । पार्टी कामको शिलशिलामा र सरकारी कार्यालयहरुको समिक्षा, गोष्ठीमा आउने कार्यक्रमको औपचारिक तथा अनौपचारिक रुपमा थाहा हुन थाल्यो । मनमा एक पटक पृथ्वी सुब्बा गुरुङसँग प्रत्यक्ष भेटघाट गर्ने ,चियापान गर्ने र फोटो सेशन गर्ने मनमा रहर पलाउन थाल्यो । लमजुङ जिल्ला स्थित विभिन्न राजनीतिक पार्टीहरुका नेता, पत्रकार, संचार गृह लगायत ट्रेड युनियन पदाधिकारीहरुसँगको चिनापर्जी हुन थाल्यो । लमजुङ जिल्ला भित्रका राइनासकोट, चिसापानी, मरुवाल, घले गाऊँ होमस्टे जाने काम समेत हुदै जान थाल्यो । चियागफमा साथीहरुसँग बस्दा पुर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लमजुङमा आउँदा भेटघाट हुने कार्यक्रम तय गर्नु पर्ने भो है भनी अनुरोध गरियो । महिना दिन बितिसक्दा पनि सफल हुन सकेन । जिल्ला समन्वय समितिको कार्यालय लमजुङको वार्षिक समिक्षाको समयमा बहुत कसरत गरेर पुर्व मुख्यमन्त्रीसँग फोटो खिच्ने काम सम्पन्न गरियो । जुन कसरत र अभ्यास मेरा लागि संघर्ष जस्तै लाग्यो । जुन सहजतापुर्वक हुनु पर्ने हो जस्तो लाग्दछ ।

मुख्यमन्त्रीसँग फोटो खिच्नको लागि कसरत
जिल्ला समन्वय समिति लमजुङको वार्षिक समिक्षा गोष्ठीमा प्रमुख अतिथिका रुपमा वेशीशहरमा साँझको समयमा आउनु भएको रहेछ । तर मलाई विस्तृत रुपमा थाहा थिएन । किनकी म नेपाल निजामति कर्मचारी संगठनको केन्द्र्रिय समितिको वार्षिक कार्यक्रम अनुसार मनाङ जिल्लाको चामे सदरमुकाममा गएको थिए । म आधिकारिक संगठनको पदाधिकारी नभएको पनि नयाँ नौलो स्थानको भ्रमण हुने हिसाबले सहभागी भएको थिए । मनाङको यात्रा गराउनु हुने सहयात्री साथाीहरुलाई धन्यवाद दिन चाहान्छु । मनाङ जिल्लाको कार्यक्रम सम्पन्न पछि लमजुङ जिल्लाको कार्यक्रमका लागि वेशीशहरमा सहभागी भईयो । सो कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन केन्द्रिय समितिको सचिव, केन्द्रीय सदस्य र गण्डकी प्रदेश कमिटिका अध्यक्षहरुको सहभागीता रहेको थियो । कार्यक्रम साँझसम्म चल्यो र सकियो । टेड्र युनियन पदाधिकारी नेताहरुलाई पुर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ वेशीशहरमा आएको जानकारी रहेछ । मलाई सुचना साथीहरुले दिनु भएको थिएन । म एक जना केन्द्रिय सदस्यलाई सोधेको त उहाँ आफनो हिसावले आउनु भएको होला । पार्टीको कार्यक्रम होला । हामी नेपाल निजामति कर्मचारी संगठनका साथीहरुसँग भेटघाट कार्यक्रम छैन भने पछि म कार्यक्रम स्थलबाट चिया पिएर कोठामा गए । कोठामा पुग्दा नपुग्दै पुर्व मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले तपाई भेटघाट गर्ने समुहबाट कसरी छुटनु भयो भनेर म्यासेन्जरमा खबर पठाउनु भएको रहेछ । मैले भर्खर मात्रै सोधेको भेटघाट गर्ने योजना र कार्यक्रम छैन समेत भनेका छन तर खबर मलाई तपाई किन भेटघाट कार्यक्रममा छुटनु भयो भनेर आउँछ । फेरी साथीहरुले पुर्व मुख्यमन्त्रीसँग साथीहरुले फोटो खिचेको फोटो फेसबुकमा अपलोड गर्नु भएको हेर्न पाइन्छ । यसरी साथीहरुले बाह्र घण्टा नबित्दै ढाँटको खेती आँखा अगाडी नै मलाई जानकारी हुन पुग्दछ । केन्द्रिय समितिको पदाधिकारीहरुले कत्ति सानो कुरामा पनि ढाँटन सिपालु रहेछन भन्ने अवगत भयो । मसँग पुर्व मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीलाई फोन गरेर विषयवस्तु जानकारी गराए । फोनवार्तामा म पृथ्वी सुब्बा गुरुङलाई भनीदिन्छु । तपाई भेटघाट र फोटो खिच्न पाउनुहुन्छ भनी केही व्यक्तिगत कुराकानी पछि फोन वार्ता समाप्त गरे । त्यस लगत्तै संविधान सभाका सदस्य नर बहादुर थापा मगर बागलुङलाई फोन गरे ल सुन्नुहोस पृथ्वी सब्बा गुरुङ लमजुङ आएको मेसोमा उहाँसगै बसेर संयुक्त फोटो खिच्ने सपना पुरा हुन पाएन भनी गुनासो गर्दा म उहाँलाई फोन गरी भनी दिन्छु भनेर फोन सम्वाद समाप्त गरियो । संविधान सभा सदस्य नर बहादुर थापा मगरले फोन गर्नु भएको रहेछ तर उहाँले सँगै बसेर फोटो खिच्न किन परयो र ? भेटघाट भए हुन्छ भनी गुरुङले जवाफ दिनु भएको जानकारी दिनुभयो । मैले रातिपख अलिबेरसम्म बसेर एक दुई वटा फेसबुक स्टाटस लेखे र सुते । भोलिपल्ट विहानपख मैले नियमित चियापान पनि गरेको थिएन । ल तपाई पुर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेटघाट गर्नका लागि छिटो आउनुहोस भनी पुर्व प्रेस सल्लाहकारले फोन गर्नु भयो । मलाई विहान आफै खाना बनाउनुपर्ने चटारो हुन्छ । फेरी भेटघाटका लागि समय व्यवस्थापन गर्नुपर्ने व्यस्तता हुनु पर्ने समय थियो । प्रेस सल्लाहकारको फोन आएपछि म जिल्ला समन्य समिति लमजुङको सभाहलमा गए । कार्यक्रम निरन्तर रुपमा चलिरहेको थियो । म सहभागी लाइनमा बसे । लगभग एक घण्टाको बसाई पछि पुर्व मुख्यमन्त्री शौचालय जाने र फोन उठाउन बाहिर आउनु भयो । त्यही समयमा प्रेस सल्लाहकारले मलाई फोन गरेर बाहिर आउन अनुरोध गरेपछि फोनबार्ता गरिरहेको समयमा म आडमा गई उभिएपछि हामीले फोटो खिच्ने काम सम्पन्न भयो । फोटो प्रेस सल्लाहकारले खिच्नु भएको थियो । मैले नाम, ठेगाना बागलुङ भकुण्डे, कार्यरत कार्यालयको नाम र संविधान सभा सदस्य नर बहादुर थापा मगरको नाम लिएर छोटो बार्तालाप गरेर उहाँको व्यस्तता भएकोेले हामी छुटियौ । उहाँ प्रमुख अतिथी भएकाले अन्त्यसम्मको भाषण सुनेर औपचारिक कार्यक्रमबाट विदा भयौ । तिन चार वटा फोटो खिचेकोले मन गदगद् र प्रशन्न हुदै फेसबुकको वालमा राख्ने सपना बुन्दै त्यो दिनको कर्म बुन्ने काम भयो ।

भाइरल हुन फोटो खिच्ने रहर होइन
पुर्व मुख्य मन्त्री पृथ्वी गुरुङ सँगको फोटो खिच्नको लागि म जस्ता मनुवाको लागि यति दुख र कष्ट सहित पहुँच पाउन तथा मनासिक तनाव लिनु पर्ने भयो । हाम्रा नेता समुदाय देखि किन टाढा हुन चाहेको हुन्छ । कि टाढा बनाइएको हो भन्ने बारेमा बुझन बहुत गाह्रो भयो । पत्रकारीताको अनुभव समेत प्रयोगमा आउन सकेको छैन । जागिर लगाइदिनु परयो । लाखौ करोडौ विकासका लागि बहुबर्षिय योजनका लागि बजेट माग गर्ने प्रस्ताव पनि थिएन । त्यसैले भाइरल हुनका लागि पनि थिएन । मैले भन्न खोजेको हाम्रा नेता र ठुला मान्छेहरु साना,गरिब,दिनदुखीका लागि बस्ती बस्तीमा उपलब्ध हुनु पर्दछ । दिन दुखीहरुको जीवनस्तर नारकिय रुपमा बितिरहेको बुझन र अनुभव गर्न केन्द्रिय स्तरका नेताहरु नियमित जानुको विकल्प छैन है भन्नका लागि मात्र हो लेख लेख्ने काम भएको ।

मैले धेरै पटक सोचे कि फोटो सेशन प्रकरण लेख लेखु कि नलेखुँ भनेर दोधारमा परे । मिडिया भरी विभिन्न प्रकारका प्रकरणहरु छताछुल्ल भएको समयमा फोटो सेशन प्रकरणले स्थान नपाउँला कि भनेर सोच, विचार गरे र अन्तमा लेखेर प्रकाशित गर्ने निर्णय सकारात्मक प्रतिक्रिया आउने आशाले गरे । हामीहरु सामान्य नागरिकको सोच र विचारमा दस्तावेजमा लिपिवद्ध छौ । कार्यान्वयनमा फितलो हिसाबले लागेको आरोप लागेकोले सोलाई नियन्त्रण र परिणामुखी बनाउनका लागि ठोस रुपमा लागि पर्न राजनीतिक दललाई सुझाव भएको छ ।

अन्तमा
लेख्नका लागि समय र सोच वबार्द नहोस भन्नका लागि योजना बुनेको उत्तम विकल्प मात्र हो । फोटो खिच्ने एउटा निहुँ भए पनि हाम्रा नेताहरुले सेवा भन्ने राजनीतिबाट कति मात्रामा ओतप्रोत र छत्र छायाँमा राखेका छन् भन्नका लागि खबरदारी गरेको हो । निरन्तर फोन नगरेको भए, निरन्तर लागि नपरेको भए फोटो समेत खिच्न नपाउने मैले त्यो भन्दा ठुला आकाक्षा, योजना, कार्ययोजनाहरु पाउनका लागि झन कति खबरदारी, संघर्ष र योगदान अनबरत रुपमा गर्नु पर्ने हो भन्ने जानकारी गराउनका लागि मात्र सानो प्रयास गराउन खोजेको मात्र हो । सकारात्मक सोचले ग्रस्त भएको आखाँले हेरेर लेख माथि क्रिया प्रतिक्रिया दिनु हुन खुल्ला रुपमा आब्हान गरेको छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *