मगर दिवसमा बागलुङमा पाँच दिनसम्म कार्यक्रम हुने

आदर्श अनलाइन, बागलुङ
४२ औं मगर दिवसको अवसर पारेर नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले पाँच दिनसम्म विविध कार्यक्रम गरी मनाउने भएको छ । नेपाल मगर संघ स्थापना भएको ४२ औं वर्ष पुगेको सन्दर्भ पारेर फागुन ११ गतदेखि १५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष श्यामबहादुर पुनले बताए । ‘स्थापना दिवसलाई भव्य रुपमा मनाउनका लागि हामीले पाँच दिनसम्म विभिन्न कार्यक्रम तय गरेका छौं,’उनले भने,‘विभिन्न अन्य दिनमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्ने र फागुन १५ मा बृहत सांस्कृतिक ¥याली सहित मूल समारोह हुनेछ ।’

मगर दिवसकै सन्दर्भ पारेर तेस्रो लखन कप महिला पुरुष भलिबल लगायतका कार्यक्रम गर्ने तय भएको उनले जानकारी दिए । पुरुष भलिबल गण्डकी प्रदेश खुला वडास्तरीय पुरुष भलिबल र गण्डकी प्रदेश पालिकास्तरीय खुला महिला भलिबलको आयोजना गरिएको छ । भलिबल विजेता समुहले नगद ८१ हजार एक सय ८१ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने समुहले नगद ४१ हजार एक सय ४१ नगर पुस्रकार पाउनेछ भने सेमिफाईनल पुग्न टिमले नगद १० हजारका दरले पाउनेछन् । पुरुष भलिबलको दर्ता शुल्क पाँच हजार रुपैयाँ राखिएको छ । महिला भलिबलको प्रथम हुनेले नगद ३० हजार, द्वितीय हुनेले नगद १५ हजार रुपैयाँ पाउनेछन् । महिला भलिबलको दर्ता शुल्क दुई हजार पाँच सय राखिएको छ ।

खुला ताराखेल प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार, द्वितीय पुरस्कार नगद २५ हजारको व्यवस्था गरिएको छ । दर्ता शुल्क तीन हजार रुपैयाँ रहेको छ । मगर समुदाय भित्रको मात्रै सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार तृतीय हुनेले ५ हजार नगद पुरस्कार पाउने भएका छन् । दर्ता शुल्क दुई हजार पाँच सय राखिएको छ । ४० वर्ष माथिमा मगर समुदाय भित्रको मात्रै खुला नृत्य प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार तृतीयलाई पाँच हजार पुरस्कार राखिएको छ । मगर समुदायका लागि मात्रै खुला छेलो फाल्ने प्रतियोगिता पुरुषतर्फ प्रथम पुरस्कार नगद ८ हजार, द्वितीय पुरस्कार नगद पाँच हजार र तृतीय पुरस्कार नगद तीन हजार राखिएको छ । दर्ता शुल्क एक सय रुपैयाँ राखिएको छ ।

महिला छेलो फाल्ने प्रतियोगिता मगर समुदाय भित्रको लागि मात्रै प्रथम पुरस्कार पाँच हजार द्वितीय पुरस्कार तीन हजार र तृतीय पुरस्कार एक हजार पाँच सय राखिएको छ । दर्ता शुल्क ५० रुपैयाँ मात्रै रहेको छ । मगर समुदाय भित्रका मात्रै पुरुष रस्साकस्सी बिजेताले नगद १० हजार र उपविजेताले नगद पाँच हजार पुरस्कार पाउनेछन् । दर्ता शुल्क एक सय रुपैयाँ राखिएको छ । मगर समुदाय भित्रको मात्रै महिला रस्साकस्सी प्रतियोगितामा प्रथम हुनेले पाँच हजार द्वितीय हुनेले नगद दुई हजार पाँच रुपैयाँ पुरस्कार पाउनेछन् । दर्ता शुल्क पचास रुपैयाँ मात्रै राखिएको छ । पाँच दिनसम्म चल्ने विविध कार्यक्रम व्यवस्थापनका लागि मगर संघ बागलुङले जिम्मेवारी समेत तोकेको छ ।

तेस्रो लखन कप महिला पुरुष भलिबल प्रतियोगिताको संयोजकको जिम्मेवारी मगर युवा संघका उपाध्यक्ष किशोर थापालाई दिईएको छ । ताराखेल प्रतियोगिता संयोजकमा खिमबहादुर पुन मगर, छेलो प्रतियोगिता संयोजकमा प्रेम बुढा मगर, घैटोफोड प्रतियोगिता संयोजकमा नुनुमाया थापा, रस्साकस्सी प्रतियोगिताको संयोजकमा नरबहादुर थापा, ¥याली व्यवस्थापन संयोजकमा नरबहादुर पुन, सांस्कृतिक संयोजकमा राजन श्रीस मगर रहेका छन् । प्रचार प्रसार समितिको संयोजकमा जिल्ला सदस्य संगम घर्तीमगर, स्वयंसेवक व्यवस्थापनमा मगर विद्यार्थी र मगर युवा संघ, झाँकी व्यवस्थापनमा नरबहादुर पुन, मञ्च व्यवस्थापनमा प्रकाश थापा र आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष प्रकाश थापाको संयोजकत्वमा उपसमिति बनेको छ ।

अतिथी सत्कारका लागि अध्यक्ष श्याम पुन, मगर महिला संघ र मिलजुली आमा समुहलाई जिम्मेवारी दिईको प्रचार प्रसार समिति संयोजक संगम घर्तीगमरले जानकारी दिए । फागुन १५ को अवसरमा निकालिने ¥यालीमा सबै समुह र संस्थाको व्यानरलाई एकरुपता दिने समेत मगर संघले निर्णय गरेको छ । फागुन १५ को मूल समारोहलाई सम्बोधन गर्न नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष गंगबहादुर थापा आउने कार्यक्रम तय भएको छ । फागुन १५ को दिन बिहान जातिय पहिचान र भेषभुषा संस्कार संस्कृति सहित बिहान १० बजे नेपाल मगर संघको भवनबाट ¥याली सुरु भई बागलुङ बजार परिक्रमा गरेर कालिका पिकनिक स्पोटमा पुगेर सभामा परिणत हुनेछ । फागुन १५ को दिनमा सबै मगर समुदायलाई आफ्नो भेषभुषामा ठिक १० बजे ¥यालीमा सहभागी हुन मगर संघ बागलुङले आह्वान समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *