गण्डकीमा नमुना बन्यो स्वास्थ्य कार्यालय बागलुङ

आदर्श अनलाइन, बागलुङ
स्वास्थ्य कार्यालय बागलुङ गण्डकी प्रदेशमा नमुना बनेकाे छ । गण्डकी प्रदेश सरकारको छैठाैँ स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय घोषणा भएको हो ।

प्रदेश सरकार अन्तरगतका कार्यालयहरु मध्येबाट हरेक वर्ष प्रदेश सरकारले कुनै एक कार्यालयलाई नमुना कार्यालय घोषणा गर्ने गरेको छ । कार्यालयलाई प्रदेश सरकारले पुरस्कृत गर्ने छ । गण्डकी प्रदेश सरकारका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी, गुणस्तरीय, पारदर्शी र विश्वसनीय बनाउनका लागि सरकारले कार्याबिधि बनाएर नमुना कार्यालय घोषणा गर्दै आएको थियो ।

कार्यविधिले तोकेका सर्तहरु पुरा गरेको कार्यालयले प्रदेशका कार्याक्रम कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *