लोकतन्त्रवादी आदिवासीको क्षेत्रीय अध्यक्षमा सेरपञ्जा

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेस निकट लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको बागलुङ क्षेत्र नम्बर १ को अध्यक्षमा अमर सेरपुञ्जा सर्वसम्मत चयन भएका छन् । शनिबार बागलुङमा भएको अधिवेसनबाट उनको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शैलेस पुन, अमृता थापा, सचिवमा सुरेश थापा, सहसचिवमा सुदिक्षा थापा र टिकाराम पुन चयन भएका छन् । समितिको सदस्यहरुमा भिमबहादुर छन्त्याल, रनबहादुर थापा, हरिकला थापा, सन्तोष बज्राचार्य, दया शेरचन चयन भएका छन् ।

प्रदेश सभा क कार्यसमितिको अध्यक्षमा रनबहादुर पुन, उपाध्यक्षमा सुवेदार मोहन पुन, कृष्ण माझी, सचिवमा निरबहादुर थापा सहसचिवमा पूर्णकली छन्त्याल चयन भएका छन् । सदस्यमा भिमबहादुर थापा र ज्ञानु सुनारी पुन रहेका छन् । प्रदेश सभा ख का कार्यसमिति अध्यक्षमा विसन थापामगर चयन भएका छन् । समितिको उपाध्यक्षमा दलबहादुर थापा, सचिवमा टिका काउचा, जयराम छन्त्याल, सहसचिवमा टेकबहादुर कुमाल, प्रेमबहादुर गुरुङ र सदस्यमा हिरा पुन काउचा चयन भएका छन् ।

राष्ट्रिय महाधिवेसन प्रतिनिधिहरुमा अमर सेरपुञ्जा, दिलिप पुन, तारा शेरचन, गंगाकुमारी थापा, केशरबहादुर थापा, खडकबहादुर थापा, कृष्णशंकर श्रेष्ठ चयन भएका छन् । प्रदेश सभा क को प्रदेश प्रतिनिधितर्फ रनबहादुर पुन, गोमा छन्त्याल, अमृता थापा विष्णु आले, इन्द्रबहादुर पुन, मनबहादुर पुन र मनबहादुर थापा चयन भएका छन् । प्रदेश सभा ख प्रदेश प्रतिनिधिमा विशन थापा मगर, तमसम राना, नारायण श्रेष्ठ, टिका काउचा, सुदिक्षा थापा, दलबहादुर थापा, शैलेस पुन चयन भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *