धौलागिरि क्याम्पसको वार्षिकोत्सव : मैत्रीपूर्ण फुटबलमा पत्रकार महासंघ विजयी


आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङ र धौलागिरि क्याम्पसबीचको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार महासंघ बागलुङ विजयी भएको छ ।

धौलागिरि बहुमुखी क्याम्पस बागलुङको ६१ औं वार्षिकोत्सवको सन्दर्भमा आईतबार बिहान भएको मैत्रीपूर्ण फुटबलमा प्रतियोगितामा पत्रकार महासंघ बागलुङले १—० गोलले क्याम्पस परिवारलाई पराजित गरेको हो । धौलागिरि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठन सम्मिलित टोलीलाई पत्रकार महासंघले पराजित गरेको हो ।

नेपाल पत्रकार महासंघ बागलुङको जितका लागि एक मात्रै निर्णाय गोल संगम घर्तीमगरले गरेका थिए । निर्धारित समयमा सयमा दुबै समुहबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

२०—२० मिनेटको निर्धारित समयमा कुनै पक्षमा गोल नभएपछि थप ५—५ मिनेटको सयम थप गरी खेल खेलाईएको थियो । अतिरिक्त समयको पनि पहिलो हाफ कुनै पक्षबाट गोल नभई बराबरीमा सकिएको थियो । अतिरिक्त समयको दोस्रो हाफको तेस्रो मिनेटमा धौलागिरि क्याम्पसको डि बक्स भित्र पाएको मौकालाई सदुपयोग गर्दै घर्तीले बललाई जाली चुमाएका थिए । एक गोलले पछि परेको धौलागिरि क्याम्पसको टिमले त्यसपछि केही आक्रमणको प्रयास गरे पनि सफल हुन सकेन र उपविजेतमा चित्त बुझायो ।

खेलको निर्धारित समयमा दुबै तर्फका गोल रक्षकले केही उत्कृष्ट प्रहार बचाएका थिए । खेलको दोस्रो हाफमा डि बक्स बाहिरबाट संगम घर्तीले गरेको शक्तिशाली प्रहार धौलागिरि क्याम्पसको गोल रक्षक मनिष थापाले विफल पारे । दोस्रो हाफको सुरुवातमा पत्रकार महासंघका लागि सोनम किसानले गरेको गोल रेफ्रीले अफसाइड दिए ।

रोहन जिसीले गरेको प्रहार पोलमा लागेर बाहिरयो । महासंघका लागि रोहन जिसी, सचदेव क्षेत्रीले केही मौका सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । धौलागिरि क्याम्पसका लागि अतिरिक्त समययको पहिलो हाफमा विशेष पराजुलीले गरेको प्रहार महासंघका गोलरक्षक विष्णु पन्तले जोगाए ।

क्याम्पसको तर्फबाट अन्य केही अवसरको सिर्जना गर्ने प्रयास गरे पनि महासंघका डिफेन्डर विजय राना, अर्जुन कार्की र ताराप्रसाद शर्माले असफल पारिदिए । खेलको सुरुवातदेखि नै खेल नियन्त्रणमा राखे पनि महासंघले गोल गर्नका लागि भने अतिरिक्त समयको दोस्रो हाफसम्म कुर्नु परेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *