बागलुङमा मनाइयो प्रजातन्त्र दिवस


आदर्श अनलाइन, बागलुङ

बागलुङमा ७४ औं प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस समन्वय समितिको आयोजनामा बागलुङ बजारमा प्रजातन्त्र दिवस मनाइएको हो ।

प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा सोमबार राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाको संयुक्त आयोजनामा प्रजातन्त्र दिवस मनाइएको हो ।

दिवशको अबसरमा राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, सामुदायिक तथा संस्थागत बिद्यालयका शिक्षक तथा बिद्यार्थी र आमा समूह लगायतका समुदायका विभिन्न संस्थाले पनि भाग लिएका थिए ।

दिवसको अबसरमा समिक्षलयचोकदेखि शुरु भएको लोकतान्त्रिक चोकमा कोण सभा गरी सम्पन्न गरिएको थियो । लोकतान्त्रिक चोकमा भएको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कुशुम बुढामगरले नेपालीले मौलिक हक पाएको दिनको स्मरण भव्य रुपमा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालीलाई बोल्ने, आफ्नो मत राख्ने तथा राजनीतिक गतिविधि संचालन गर्न पाउने हक प्राप्त भएको दिनले भविष्यमा पनि मौलिक हकको रक्षा गर्ने प्रेरणा प्राप्त हुनुपर्ने बताउदै प्रजातन्त्र दिवसको शुभकामना दिनुभयो ।

राणाशासनको अन्त्य भएर प्रजातन्त्र स्थापना भएको दिन फागुन ७ गतेलाई प्रजातन्त्र दिवस मनाउने गरिएको छ । कोणसभामा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, एमालेका अध्यक्ष हिराबहादुर केसी र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाको अध्यक्षतामा तथा सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालन र समन्वय अधिकारी कृष्णराज गौतमको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *