मानव अधिकार रक्षकको राष्ट्रिय भेला सम्पन्न

आदर्श अनलाइन, काठमाडौं

मानव अधिकार रक्षकको राष्ट्रिय भेला फागुन ८ गते काठमाडौँमा सम्पन्न भएको छ । भेलामा इन्सेकका ६५ जिल्ला प्रतिनिधि तथा अन्य मानव अधिकार रक्षकको उपस्थिति रहेको थियो ।

भेलामा मानव अधिकार रक्षकको अधिकार संरक्षणमा कानुनको महत्व, जलवायु परिवर्तनले आम मानिसमा परेको असर, वातावरण मानव अधिकार रक्षकको सुरक्षा र संवर्द्धनमा राज्यको दायित्व, सङ्क्रमणकालीन न्यायका विविध विषयमा छलफल भएको थियो ।

मानव अधिकार रक्षकको सुरक्षा र अधिकार संरक्षणसम्बन्धी कानुनकने आवश्यकता महसुस गर्दै यथाशीघ्र कानुन निर्माण गर्न सरोकारवालाको ध्यानाकर्षण गर्ने भेलाले निर्णय गरेको छ । वातावरणको अधिकार र यससम्बन्धमा कार्य गर्ने मानव अधिकार रक्षकको सुरक्षाका बारेमा भेलाले चासो व्यक्त ग¥यो ।

वातावरणको अधिकारलाई मानव अधिकारको मुख्य चासोका रूपमा सम्बोधन गर्न इन्सेकले यसको अभिलेख क्षमतामा जोड दिनुपर्ने भेलाले निर्णय गरेको छ । सामाजिक सञ्जालको प्रयोग गरेर महिला तथा बालबालिमाथि हुने गरेको हिंसाका घटनाको अभिलेख गर्ने तथा त्यसविरुद्ध जनचेतनामूलक गतिविधि सञ्चालनको आवश्यकता औँल्याएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *