राष्ट्रिय युवा संघ र अनेरास्वियूले भन्यो-कालीगण्डकी दोहन बन्द गर

आदर्श अनलाइन, बागलुङ

बागलुङ र पर्वत जिल्ला भएर बहने कालीगण्डकीको नदीजन्य सामग्री दोहनको बिषयमा नेपाल राष्ट्रिय युवा संघ र अनेरास्ववियू बागलुङले ध्यानार्कषण भएको जनाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई जनवर्गिय संगठनले आइतवार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै अवैध रुपमा कालीगण्डकी नदी दोहनले बागलुङ तर्फको कालिगण्डकी करिडोर र पर्वत खण्डमा रहेको मध्यपहाडी लोकमार्गलाई धरापमा पार्दै गइरहेको भन्दै सम्बन्धित निकायले कारवाही गर्नुपर्ने माग गरेको छ ।

नेकपाबाट निर्वाचित सांसद तथा नेताहरुले संसदमा समेत कुरा उठाउँदा पनि स्थानीय प्रशासनको मिलेमतोमा अवैध नदी दोहन नरोकिएको भन्दै सम्बन्धित निकायले तत्काल कदम नचाले नेपाल राष्ट्रिय युवा संघ र अनेरास्ववियूले मुकदर्शक भएर नवस्ने चेतावनी समेत दिएको छ ।

अनेरास्ववियुकाका जिल्ला सह–संयोजक शेखर खड्का र राष्ट्रिय युवा संघ नेपालका संयोजक रेशम घर्तीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘प्राकृतिक सम्पदाको मनपरी दोहनले प्राकृतिक संरचनामा खलल पु¥याएर प्रकोप र विपत्ति निम्ताउने गरी भएको नदी दोहन तत्कालै रोक्नु पर्दछ, यसको घोर विरोध गर्दछ ।’

पटक–पटक स्थानीय तह, प्रहरी, प्रशासन र नेताहरुका साथै संसदको समेत ध्यानार्कषण गराउँदा समेत कारवाही नगर्ने उल्टै यसका बिरुद्ध आवाज उठाउनेलाई धम्की दिने कार्य गम्भिर बिषय भएको अनेरास्ववियूका जिल्ला सह–संयोजक शेखर खड्काले जानकारी दिनुभयो । अवैध नदी दोहनका विषयमा बागलुङबाट निर्वाचित संघीय सांसद तथा सार्वजनिक लेखा समितिका सदस्य डा. सुर्य पाठकले संसदको समेत ध्यानार्कषण गराउनुभएको थियो ।

संघीयता कार्यान्वयनका क्रममा नदिजन्य पदार्थको उत्खनन, अनुगमन र कारवाहीका बिषयमा स्थानीय तह, प्रहरी प्रशासनका बीचमा कानून तथा अधिकारका विषयमा अन्योल र द्धिविधा देखिन्छ । एकले अर्को कार्यालयलाई देखाएर अवैध नदी दोहनको कार्य रोक्न र यसमा खेलवाड गरेर निरन्तरता दिइए थप कदम चाल्ने युवा सघंका संयोजक रेशम घर्तीले बताउनुभयो ।

यसैसाता मात्र नदी दोहनका बिषयमा आवाज उठाउँदा नेकपाका जिल्ला कार्यदल सदस्य कृष्ण पाठकले पर्वतका प्रहरी प्रमुख डिएसपी श्याम अर्यालले धम्की दिएको समाचार सार्वजनिक भएको थियो । यद्यपी, डिएसपी अर्यालले आँफुले धम्की दिएको नभई आफु लगायतलाई मिलोमतोमा नदी दोहन भइरहेको आरोप लगाए पछि त्यसलाई प्रमाणित गर्न चुनौति दिएको बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *