बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

डम्मर बुढा मगर, बागलुङ
बर्खा लाग्यो कि बागलुङ मालढुङका क्षेत्रका स्थानीय जागराम बस्ने गर्थे । कालीगण्डकीमा पानीको बहाव बढेपछि बस्तीमै नदि बस्ने जोखिम थियो । बढ्दो नदी दोहनका कारण झण्डै एक दशकदेखि बर्खामा बस्तीनै बक्छ कि भन्ने त्रासमा रहेका मालढुङ्गावासीको समस्या समाधानका लागि कालीगण्डकीमा तटबन्धन गर्न थालिएको छ । बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न लागिएको हो । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत गत वर्षदेखि तटबन्धकाम भइ रहेको छ ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ७० लाख रुपैयाँले मालढुङ्गा बस्ती संरक्षणको काम भइ रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इन्जिनियर दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । कालीगण्डकीले धार परिवर्तन गर्दा केही वर्ष यता कटान तीव्र रूपमा हुँदै आएको छ । अघिल्लो वर्ष पनि ६५ लाख लागतमा केही क्षेत्रमा तटबन्ध गरि एको थियो । लक्ष्मीनारायण मन्दिरसँगै मालढुङ्गादेखि खुदुर्के घाटसम्मको बस्ती संरक्षण गर्न थालिएको इन्जिनियर पौडेलको भनाइ छ । गत पुस महिनादेखि तटबन्धको काम धमाधम भइरहेको उहाँले बताउनुभयो । निर्माण समिति गठन गरि तटबन्धको काम गरि रहेको पौडेलको भनाइ छ ।

अवैध रूपमा कालीगण्डकी दोहन हुँदा बर्खाको समय पानीको वाहव बस्तीसम्म पुग्ने गरेको छ । तटबन्धपछि मालढुङ्गाको तटीय क्षेत्रका बस्ती, प्रहरी चौकी, लक्ष्मीनारायण मन्दिर लगायत संरचना जोखिने इन्जिनिएर पौडेलले बताउनुभयो । बागलुङ जिल्ला प्रवेशद्वारसमेत कालीगण्डकीको जोखिममा पर्दै गएको हुँदा निरन्तर तटबन्धको कामलाई अगाडि बढाएको उहाँको भनाइ छ । निर्माण समितिले अहिले तीव्र रुपमा काम गरि रहेको पौडेल बताउनुहुन्छ ।

इन्जिनियर पौडेलले भन्नुभयो – “बर्खामा कादीगण्डकी उर्लेर आउँदा बस्तीमा बस्ने जोखिम बढेको छ, पोहोर सालबाट यहाँ काम गर्न थालिएको छ, अघिल्लो वर्ष केही भागमा काम भयो, भने अहिले पनि करिब ४५ मिटर लामो तटबन्ध हुन्छ, जसका लागि निर्माण समिति गठन भएर काम सुरु भएको छ, हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको छ, आगामी असार मसान्तसम्म सक्ने गरि उहाँहरुले काम गरि रहनु भएको छ ।”

तटबन्ध निर्माण समितिका अध्यक्ष भुवन खड्काले पानी मुनी दुई मिटर पक्की पर्खाल उठाउने काम भइसको भन्दै अहिले त्यसमाथि ग्याविनसहितको ‘वाल’ उठाइ रहेको बताउनुभयो । तटबन्धले यहाँको बस्ती संरक्षण हुने उहाँको भनाइ छ । कालीमा पानीको बहाव बढ्दा बित्तिकै स्थानीयलाई घर बगाई दिने डर हुँदै आएको भन्दै अब त्यस्तो समस्या भोग्नु नपर्ने खड्काले बताउनुभयो । बागलुङ प्रवेशद्वार नजिकै ऐतिहासिक लक्ष्मीनारायको मन्दिर बन्दै गएको र तटबन्धले योसँगै यहाँका थुप्रै घरहरु संरक्षित हुने उहाँ बताउनुहुन्छ ।

“तटबन्धको कामलाई तीव्र बनाएका छौँ, पर्खाल उठाएर ढलान गर्ने काम भइरहेको छ, सम्झौता हनुसार आठ मिटर उचाई हुने, ४५ मिटर लम्बाई हुने छ, सो अनुसार काम गरि रहेका छौँ,” अध्यक्ष खड्काले भन्नुभयो – “कालीगण्डकीबाट यहाँका स्थानीयलाई जोखिम थियो, अब त्यो जोखिम हट्ने छ, यहाँ एतिहासिक मन्दिर बन्दै छ, यहाँ आउने तिर्थालुका लागि स्नान गर्ने ठाउँ पनि सुरक्षित हुने छ, काम असार मसान्त सम्म सक्ने गरि काम गरि रहेका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *