गलकोट नगरपालिकाद्वारा अस्थायी ट्राफिक प्रहरी कार्यालय हटियालाई कम्प्युटर तथा प्रिन्टर सहयोग

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिकाले जिल्ला ट्राफिक कार्यालय बागलुङ मातहतको अस्थायी ट्राफिक प्रहरी कार्यालय हटियालाई एक थान कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ । शुक्रबार गलकोट नगरपालिकका प्रशासकीय अधिकृत तुलबहादुर विकले जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख सुमन निउरेलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नु भएको हो ।

ट्राफिक कार्यालयलाई प्रविधि मैत्री र विद्युतीय जरीवानाका लागि सहजताका लागि नगरपालिकाले कम्प्युटर सहयोग गरेको हो । कम्प्युटर उपलब्ध भएपछि अब कार्यालयका काम कारबाहीलाई चुस्त बनाउन सहज हुने निउरेको भनाइ छ ।

गण्डकी प्रदेशमा गत पौष १ गतेदेखि बैंक प्राणालीमार्फत विद्युती जरिवाना लागु भएको छ । कारबाहीमा पर्ने चालकले क्युआर कोर्डमार्फत जरिवाना तिर्नु पर्ने हुन्छ । अहिलेसम्म कम्प्युटर नहुँदा समस्या भएको भन्दै अब सहज हुने निउरेले बताउनुभयो ।

प्रमख निउरेले भन्नुभयो – “कम्प्युटर अभावका कारण ट्राफिक कार्यालयहरुमा प्रविधियुक्त सिस्टम जडान गर्न सकिएको थिएन, जरीवाना पनि कार्यालयमै आएर तिर्नु पर्ने अवस्था थियो, अब त्यसको अन्त्य गरि बैंकिंङ प्रणाली मार्फत जरिवाना शुल्क तिर्ने व्यवस्था हुनेछ, कम्प्युटरले हाम्रो काम कारबाहीलाई थप प्रभाकारी बनाउने छ ।”

नगरपालिकाले ३८ हजार रुपैयाँको कम्प्युटर र २४ हजार पाँच सय बराबरको प्रिन्टर सहयोग गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *