आज मगर एकता दिवस मनाइँदै

आदर्श अनलाइन, बागलुङ
आज ४२औँ मगर एकता दिवस मनाइँदैछ । देशैभरका मगर समुदायले राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । २०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो। त्यसैको सम्झनामा मगर सङ्घ र सम्बन्धित सङ्घ–संस्थाले एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।

मगर सङ्घका पूर्व केन्द्रीय अध्यक्ष नवीन रोकामगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाममा गुल्मीको भार्सेमा मगरहरुको पहिलो सङ्गठन बनेको भनिए पनि मगर सङ्घले २०३९ साल फागुन १५ लाई नै स्थापना दिवसको रुपमा मनाउने गरेको छ ।

दिवसमा आज विभिन्न पालिकाले स्थानीय बिदा दिएका छन् । बागलुङको निसीखाेला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि स्थानीय बिदा दिएको छ । बागलुङ बजारमा मगरहरुको उपस्थितीमा भेषभुषा तथा संस्कृति अनुसार सांस्कृतिक झाँकी सहित बजारमा ¥याली गरि मगर समुदायको प्रचलन अनुसारका परिकारहरु सहितको भोजको आयोजना गरेका

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको ६ दशमलव ९ प्रतिशत हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *